क्यानको महानिर्देशकबाट फिर्ता भए डंगोल, कर्णलाई निमित्तको जिम्मेवारी
सारांश
- नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी देव चन्द्रलाल कर्णले पाएका छन्।
- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोललाई फिर्ता बोलाएर कर्णलाई नयाँ जिम्मेवारी दिइएको हो।
- निलम्बित महानिर्देशक प्रदीप अधिकारीको कार्यकाल माघ १७ गतेसम्म रहेकाले कर्णले सो अवधिसम्म निमित्तको जिम्मेवारी सम्हाल्नेछन्।
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी देव चन्द्रलाल कर्णले पाएका छन् । यसअघि क्यानका महानिर्देशकको जिम्मेवारी पाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोललाई फिर्ता बोलाएर कर्णलाई नयाँ जिम्मेवारी दिइएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाको मन्त्रीस्तरीय निर्णयबाट कर्णलाई उक्त जिम्मेवारीमा पठाएका हुन् ।
उनलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिने निर्णय बिहीबार गरिएको थियो । निर्णयको पत्र प्राप्त भएपछि शुक्रबार उनले पदभार ग्रहण गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
अहिले निलम्बित महानिर्देशक प्रदीप अधिकारीको कार्यकाल माघ १७ गतेसम्म रहेकाले सो अवधिसम्म कर्णले निमित्तको जिम्मेवारी सम्हाल्नेछन् । त्यसपछि पूर्णकालीन महानिर्देशकका लागि भने मन्त्रिपरिषद्बाट नयाँ निर्णय हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण