पुस ११ र १२ गते कीर्तिपुरमा तेस्रो लायन्स मिनी मेला हुने
काठमाडौँ । आगामी पुस ११ र १२ गते काठमाडौँको कीर्तिपुरमा तेस्रो लायन्स मिनी मेला हुने भएको छ । सामाजिक सेवा र समुदाय कल्याणको लक्ष्यसहित सो मेला आयोजना हुन लागेको हो ।
‘समुदाय कल्याण र सांस्कृतिक मेला’ भन्ने मूल नारासहित हुन लागेको सो मेला कीर्तिपुर नगरपालिकाको वडा नम्बर १, २ र १० का निश्चित क्षेत्र चिलञ्चो मन्दिरदेखि उपमामहेश्वर मन्दिरसम्मको बाटोमा सञ्चालन हुने आयोजक पक्षले जानकारी दिएको छ ।
लायन्स लियो क्लब अफ कीपु, लायन्स क्लब अफ काठमाडौँ पदमकाष्ठपुरको संयुक्त आयोजनामा हुन लागेको सो कार्यक्रमले कीर्तिपुरको मौलिकतालाई देशभर चिनाउने विश्वास गरिएको छ । मेलामा स्वास्थ्य सचेतना, कीर्तिपुरको मौलिक संस्कृतिमा रमाउने अवसर,नेवारी भोजको स्वाद, विभिन्न मनोरञ्जनका कार्यक्रमहरू हुने जनाइएको छ । सो मेलाले स्थानीय व्यापारलाई टेवा र उद्यमशीलताको प्रवर्द्धन हुने अपेक्षा आयोजक पक्षले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिंहदरबारमा झुक्किएर बत्ती जान्छ, मोरङमा झुक्किएर मात्र आउँछ’
-
नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा
-
रास्वपाको संशोधित विधानमा के छ व्यवस्था ?
-
प्रशान्त महासागरमा चीनद्वारा क्षेप्यास्त्र परीक्षण
-
दूरसञ्चार सेवा कर्णाली र दुर्गम क्षेत्रमा सम्मान वितरण गर्न माग
-
राष्ट्रियसभामा ९ वटा मन्त्रालयको जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण