गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो
शुक्रबार, ०४ पुस २०८२, २० : ३२
गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको छ । गुल्मी रेसुङ्गा नगरपालिका–४ स्थित पनाहा खोलामा मङ्सिर २० गते भेटिएको शव रेसुङ्गा नगरपालिका–१ निवासी ३४ वर्षीय मनोज पोखरेलको भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार बुवा कृष्ण पोखरेलले उक्त शव आफ्नो छोराको भएको भनी सनाखत गरेपछि पहिचान खुलेको हो ।
मनोज मङ्सिर १८ गतेदेखि घरबाट हराएका थिए । शरीरमा चोटहरू भएको कारण उनी आफैँले ज्यान गुमाए वा कसैले हत्या गर्याे भन्ने विषयमा अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण