आन्दोलनको पहिलो ‘टार्गेट’ निजी क्षेत्र पर्नु दुःखद् : अध्यक्ष ढकाल
नवलपरासी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रकाश ढकालले हरेक आन्दोलनमा निजी क्षेत्र पहिलो ‘टार्गेट’मा पर्नु दुःखद् भएको बताएका छन् ।
नवलपुर उद्योग वाणिज्य सङ्घको एघारौँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ढकालले हरेक समयमा हुने गरेका आन्दोलनका क्रममा निजी क्षेत्र पहिलो टार्गेटमा पर्ने गरेको भन्दै यो दुःखद् भएको बताएका हुन् ।
आन्दोलनका क्रममा निजी क्षेत्रका संरचना लुटपाट, तोडफोडका घटनाले उद्योगी व्यवसायीको आत्मविश्वास कमजोर पार्ने हुँदा यो सोचनीय विषय बनेको अध्यक्ष ढकालले बताए ।
गत भदौको आन्दोलनमा निजी क्षेत्रका हरेक प्रतिष्ठानमा लुटपाट र आगजनी तथा तोडफोडका घटना भएको भन्दै यस्ता घटनामा संलग्नलाई कारबाहीको दायरमा ल्याउनुपर्ने अध्यक्ष ढकालले बताए ।
अध्यक्ष ढकालले नेपालको पुँजी परिचालन गरी ठूला आयोजना देशभित्र सञ्चालन गर्न सकिने बताए । नेपालका केही हुँदैन भन्ने भाष्यलाई चिर्नका लागि आफूहरूले नेपालकै पुँजी परिचालन गरी सबै क्षेत्रका व्यवसायीलाई समेटी रु १० अर्बको लगानीमा कम्पनी स्थापना गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिंहदरबारमा झुक्किएर बत्ती जान्छ, मोरङमा झुक्किएर मात्र आउँछ’
-
नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा
-
रास्वपाको संशोधित विधानमा के छ व्यवस्था ?
-
प्रशान्त महासागरमा चीनद्वारा क्षेप्यास्त्र परीक्षण
-
दूरसञ्चार सेवा कर्णाली र दुर्गम क्षेत्रमा सम्मान वितरण गर्न माग
-
राष्ट्रियसभामा ९ वटा मन्त्रालयको जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण