सङ्गीतकार अर्जुन पोखरेलको नयाँ गीत ‘फूलले बिझाको देखेको छौ र’ सार्वजनिक
काठमाडौँ । लोकप्रिय सङ्गीतकार अर्जुन पोखरेलको नयाँ गीत ‘फूलले बिझाको देखेको छौ र’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमान्टिक भावनाले भरिएको यस गीतमा टिकटकर र रियल जोडीका रूपमा चर्चामा आएका विक्रम घिमिरे र सुरक्षा इटानी प्रेम जोडीको रूपमा प्रस्तुत भएका छन्।
गीतमा शब्द–संगीत स्वयं अर्जुन पोखरेलकै रहेको छ भने स्वरमा उनलाई चर्चित गायिका शान्तिश्री परियारले साथ दिएकी छिन्। गीतको शब्द संयोजन निकै मन छुने खालको रहेको छ, जसले प्रेम, अनुभूति र भावनालाई सशक्त रूपमा व्यक्त गर्छ। भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका हुन् भने छायाङ्कन भूपेन्द्र थापा मगरले गरेका छन्।
भिडियोमा पनौती आसपासका रमणीय दृश्यहरू समेटिएको छ, जसले गीतको रोमान्टिक र भावनात्मक माहोललाई अझ प्रभावकारी बनाएको देखिन्छ। समसामयिक नेपाली संगीतप्रेमीहरूको रुचिलाई ध्यानमा राखेर तयार गरिएको यो गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण