अनुहार उज्यालो पार्नुहोस् प्रधानमन्त्रीज्यू, रास्वपा तपाईंको साथमा छ : रवि लामिछाने
सारांश
- रास्वपाका सभापति रवि लामिछानेले शहीदको बलिदान खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे।
- उनले प्रधानमन्त्रीलाई डर र हिचकिचाहट त्यागेर सुशासन कायम गर्न आह्वान गरे।
- लामिछानेले शहीद परिवारलाई भेट्ने र आन्दोलनलाई एकताबद्ध गर्ने बताए।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहिदको बलिदान खेर जान नदिने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । भरतपुरको चौबिसकोठीमा आयोजित कार्यक्रममा उनले देशलाई न्याय र सुशासनतर्फ लैजान अब कुनै पनि हालतमा पछि नहट्ने बताएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीलाई लक्षित गर्दै लामिछानेले डर र हिचकिचाहट त्यागेर अनुहारमा हाँसो ल्याउन आग्रह गरे। उनले सुशासनको डन्डा चलाउन, निष्पक्ष चुनाव गराउन र देशलाई सही दिशामा लैजान आह्वान गर्दै त्यस यात्रामा रास्वपा सधैँ साथमा रहने बताए। ‘इतिहासले दिएको यो अवसर गुमाउनु हुँदैन,’ भन्दै उनले सिङ्गो देश परिवर्तनको पक्षमा उभिएको दाबी गरे।
लामिछानेले सहिदका आमाहरूलाई सम्बोधन गर्दै उनले छोराछोरीको बलिदानले देशमा ठुलो परिवर्तनको बाटो खोलेको भन्दै आँसु पुछ्न र मन दरो पार्न आग्रह गरे। ‘एउटा छोरो ढल्यो होला, तर लाखौँ छोराछोरी देशभरि छन्,‘ भन्दै उनले शहीदले बोकेर आएका सपना पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताए।
उनले चितवनका शहीद परिवारलाई भेट्ने घोषणा गर्दै व्यक्तिगत रूपमा र पार्टीसहित साथमा रहने बताए । कुनै पनि समस्या आए आफू कारागारमै भए पनि भेट्न आउन आग्रह गरेको स्मरण गराउँदै उनले सहिद परिवारलाई कहिल्यै एक्लो नछोड्ने बताए।
जेनजी आन्दोलनप्रति सङ्केत गर्दै लामिछानेले जनताले गरेको विद्रोह सामान्य नभएको उल्लेख गरे। घाइते, काँध र छातीमा गोली खाएका मानिसहरूलाई देखेर जनता घरघरबाट उठेको उनको भनाइ थियो। शहीदको रगत अझै नसुकेको र आमाहरूको आँसु ओभानो नभएकाले आन्दोलनलाई जिस्क्याउने वा उकास्ने प्रयास नगर्न चेतावनी दिए।
घाइतेहरूलाई सम्बोधन गर्दै उनले देशभरि उनीहरूको पीडा महसुस गरिएको बताए। शरीरभित्र गोलीका छर्रा भए पनि लाखौँ युवाले त्यो घाउमा मलम लगाउने प्रतिबद्धता व्यक्त गरे। छरिएका अभियन्ता, जेनजीदेखि नयाँ साथीहरूलाई एक ठाउँमा ल्याउन रास्वपाले पहल गर्ने घोषणा पनि उनले गरे।
सुरक्षाकर्मीप्रति धन्यवाद दिँदै लामिछानेले हताहती भएका प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरे। आन्दोलनका क्रममा सुरक्षाकर्मी पनि पीडित बन्नुपरेको भन्दै उनले उच्च मनोबलका साथ काम गर्न आग्रह गरे।
भविष्यमा नागरिकको मतबाट बनेको भ्रष्टाचारमुक्त सरकार गठन भएपछि सुरक्षाकर्मीले भोगेका चोटहरूको न्याय हुने दाबी पनि उनले गरे। उनले देशभरि परिवर्तनका पक्षमा उठेका आवाजलाई एकताबद्ध गर्दै अघि बढ्ने सङ्कल्प दोहोर्याए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण