दार्चुलामा जीप दुर्घटना: एक जनाको मृत्यु, एक घाइते
आइतबार, ०६ पुस २०८२, ०० : १०
सारांश
- दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भयो र एक जना घाइते भए।
- दुर्घटनामा परेका व्यक्तिहरु मार्मा गाउँपालिकाका थिए।
- घाइते चालकलाई उपचारको लागि स्वास्थ्यचौकी लगियो।
दार्चुला। मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार शनिबार राति ९ बजे लटिनाथबाट शेरीतर्फ जाँदै गरेको सुपप्र ०१००१ च २६०४ नम्बरको जीप भैसे भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी मार्मा गाउँपालिका–६ का केशवराज जोशीको मृत्यु भएको छ भने सोही जीपका चालक माधव महरा घाइते भएका छन् ।
घाइते महरालाई उपचारका लागि लटिनाथ स्वास्थ्यचौकी पठाइएको छ । चालकसहित दुई जनामात्र सवार जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण