किन रोकियो निखिलको फिल्म ‘आचार्य’ काे छायाङ्कन ?
सारांश
- निखिल उप्रेतीको फिल्म 'आचार्य' को छायाङ्कन रोकिएको छ, र यसको सम्पूर्ण युनिट काठमाडौं फर्किएको छ।
- भारतीय कलाकारको समय नमिलेका कारण फिल्म रोकिएको र जनवरीमा उनीहरूको समय मिल्ने बताइएको छ।
- फिल्मको ७० प्रतिशत छायाङ्कन सकिएको र निर्माता सञ्चिता लुइँटेल रहेको बताइएको छ, जसमा निखिल उप्रेती मुख्य अभिनेता हुन्।
काठमाडौँ । निखिल उप्रेती निर्देशक रहेको फिल्म ‘आचार्य’ को छायाङ्कन रोकिएको छ । सर्लाहीमा छायाङ्कन हुँदै आएको फिल्मको काम केही दिनदेखि रोकिएको हो । फिल्म रोकिएपछि पुरै युनिट अहिले काठमाडौँ फर्किसकेको छ ।
निर्देशक निखिल उप्रेतीले फिल्ममा अभिनय रहने भारतीय कलाकारको समय नमिलेका कारण फिल्म रोकिएको बताए । ‘फिल्ममा केही भारतीय कलाकार पनि छन् । ती कलाकारको समय जनवरीमा मात्र मिलेको छ’, उप्रेतीले भने– ‘त्यो बिचको समय त्यसै बस्नु भन्दा फिल्मको सम्पादन गरौँ भनेर काठमाडौँ फर्किएका हौँ ।’
७० प्रतिशत छायाङ्कन सकिएको फिल्म भारतीय कलाकारको समय मिल्नासाथ सक्ने निखिलले सुनाए । फिल्मका निर्माता अभिनेत्री सञ्चिता लुइँटेल हुन् । गत भदौ ६ गतेदेखि भारतको प्रसिद्ध पर्यटकीय स्थल ‘डुअर्स’ बाट छायाङ्कन सुरु भएको फिल्मको टोली बागडोगरा, सिलिगुडी र ठाकुरगन्ज हुँदै सर्लाही आएको थियो ।
फिल्ममा निखिल नै प्रमुख अभिनेता रहेका छन् । निखिलको अलवा सञ्चिता लुइँटेल, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, विशाल पहारीलगायत छन् । फिल्ममा बलिउड र दक्षिण भारतीय चलचित्रहरूमा काम गरिसकेका केही चर्चित कलाकारहरूको समेत अभिनय रहनेछ ।
यही फिल्मबाट अभिनेत्री सञ्चिता लुइँटेलले कोरियोग्राफीमा पनि पाइला चाल्दैछिन् । उनले फिल्मको नेपाली र हिन्दी संस्करणमा समावेश हुने एक गीतको कोरियोग्राफी गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण