कोशी प्राइड लिग फागुनमा, सात टिममा मालिक सार्वजनिक
सारांश
- कोशी प्राइड प्रालिले फागुनमा तेस्रो संस्करणको टी-२० कोशी प्राइड लिग (केपीएल) आयोजना गर्ने भएको छ।
- प्रतियोगितामा सात टिमको सहभागिता रहनेछ र क्यानले यसलाई स्वीकृत दिएको छ, जसमा विभिन्न टिमका मालिकहरू छन्।
- प्रतियोगिता सुनसरीमा हुने र यसले कोशी प्रदेश क्रिकेटको विकास र नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने अपेक्षा गरिएको छ।
काठमाडौँ । कोशी प्राइड प्रालिले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपीएल) फागुनमा आयोजना गर्ने भएको छ । आइतबार काठमाडौँको दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता ९ देखि २१ फागुनसम्म सुनसरीमा हुने जानकारी गराइयो ।
प्रतियोगितालाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले स्वीकृत दिएको छ भने कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ । केपीएलका निर्देशक अफजल हुसैनले प्रतियोगितामा सात टिमको सहभागिता रहने बताए । उनले पत्रकार सम्मेलनमार्फत नै टिमका मालिक पनि घोषणा गरेका छन् ।
प्रतियोगिताको लागि नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बिएन कोशी अर्नास र गोर्खा एभेन्जर्स सहभागी हुँदैछन् ।
नमुना ब्लास्टर्सको मालिकमा धर्म न्यौपाने, इटहरी आदर्श जायन्ट्सको कल्पित ढकाल, बिर्तामोड हिट्सको मालिक अनुराग प्रमाणिक तथा प्रतिनिधिमा जीवनकुमार यादव छन् । त्यस्तै, पूर्वेली सुपर किंग्सको मालिकमा संजोक राणा, महेन्द्र मैनाली, सन्तोष तिमल्सिना, रविन विष्ट र सन्देश सिंदेल छन् ।
एभरेस्ट थन्डर्सको मालिक आकाश खड्का हुन् । बिएन कोशी अर्नासको मार्कीमा मोहम्मद सेराज अन्सारी तथा गोर्खा एभेन्जर्सबाट विजय खड्का, पुजन बाबु भट्टराई, किरण खड्का, अमरदीप सापकोटा र रघुनाथ सापकोटा मालिक रहेका छन् ।
प्रतियोगिताको लागि एक टोलीमा १८ खेलाडी राख्नै पर्ने नियम रहेको छ । जसमा एक मार्की, एक आइकोनिक, तीन जना ड्राफ (जो राष्ट्रिय टिमका हुनेछन्), क्याटगोरी ‘ए’ का तीन, क्याटगोरी ‘बी’ का दुई तथा क्याटगोरी ‘सी’ का एक खेलाडी रहनेछन् ।
केपीएलका निर्देशक अफजल हुसैनले केपिएल आयोजनासँगै कोशी प्रदेश क्रिकेटको विकास र ग्रासरुट कार्यक्रम अझै प्रभावकारी हुने आशा गरे । उनले यही प्रतियोगितामार्फत राष्ट्रिय टिम तथा एनपिएलको लागि नयाँ–नयाँ खेलाडी उत्पादन हुनेमा आफू आशावादी रहेको बताए ।
‘केपीएल आयोजनासँगै कोशी प्रदेश क्रिकेटको विकास र ग्रासरुट कार्यक्रम अझै प्रभावकारी हुनेमा आशावादी छु । यही प्रतियोगिताबाट नेपालीहरूको सपना बनेको नेपाल प्रिमियर लिग (एनपीएल) र नेपालको उमेर समूह तथा राष्ट्रिय टिमको लागि नयाँ–नयाँ खेलाडीहरू उत्पादन हुनेमा विश्वस्त छु ।’
आयोजक कोशी प्राइड प्रालिले चाँडै प्रतियोगिताको अक्सन मिति घोषणा गर्ने पनि बताएको छ । अक्सनका लागि आयोजकले खुल्ला खेलाडी दर्ता प्रक्रिया सुरु गरिसकेको छ । खेलाडीले आफ्नो नाम दर्ता माइपे एपबाट गर्न सक्नेछन् । अक्सनमा क्याटगोरी क्याटगोरी ‘ए’ को मूल्य न्यूनतम ४५ देखि ६५ हजारसम्म, क्याटगोरी ‘बी’ को लागि २५ देखि ४५ हजारसम्म तथा क्याटगोरी ‘सी’ को मूल्य पाँच हजारदेखि २५ हजारसम्म तोकिएको छ ।
प्रतियोगिताका मुख्य अतिथि क्यानका सचिव पारस खड्काले कोशी प्राइड लिग भव्य सफलताको लागि शुभकामना दिए । ‘घरेलु क्रिकेटलाई व्यावसायिक बनाउन यस्तो प्रतियोगिता हुनु राम्रो कुरा हो । कोशी प्राइड लिग तेस्रो संस्करण हुँदैछ । त्यसको लागि टिमलाई शुभकामना छ,’ सचिव खड्काले भने, ‘आफैँले निजी मैदानलाई परिपक्व बनाएर प्रतियोगिता गर्दै हुनुहुन्छ । कोशी प्राइड लिग हुँदा अन्य प्रदेशलाई पनि यस्तै बिगेस्ट लिग गर्न अवसर छ ।’
प्रतियोगिताको संयोजक गोविन्द पौडेलले कोशी प्राइड लिग क्रिकेट प्रतियोगिता मात्र नभई युवा प्रतिभाको पाहिचान गर्ने स्थलो भएको र यसले नेपाली क्रिकेट विकासमा मद्दत गर्ने धारणा राखे ।
सुनसरी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष तथा टेक्निकल हेड चेतनाथ पौडेलले कोशीले क्यान निलम्बन हुँदा पनि प्रतियोगिता आयोजना गर्दै आएको र यो लिगले खेलाडीको क्षमता बढाउन सहयोग पुग्ने बताएका छन् ।
‘हामीले लामो समय देखि कोशीमा विभिन्न प्रतियोगिता गर्दै आइरहेका छौँ । क्यान निलम्बन हुँदा समेत सुनसरीमा लिग गर्न सफल भएको थियौ । कोशीमै गतिलो मैदान नहुँदा कोशी प्राइड लिग हुनु सुखद हो । यसले खेलाडीलाई सुसज्जित बनाउन तथा व्यक्तिगत क्षमता बढाउन सहयोग गर्नेछ ।
झापा जिल्ला क्रिकेट सङ्घका अध्यक्ष प्रवीण थापाले एनपीएलको चर्चापछि धेरै स्थानीय लिग सुरु हुँदै गएको बताए । उनले एनपीएलमा खेल्न नपाएका खेलाडीको लागि यो प्रतियोगितामा क्षमता देखाउने माध्यम भएको बताएका छन् ।
‘दोस्रो एनपीएल भर्खरै सम्पन्न भएको छ । एनपीएलको चर्चा पछि धेरै प्रतियोगिता भएका छन् । निरन्तर गर्न सक्नु नै ठुलो कुरा हो । कोशी प्राइड लिग प्रतियोगिता एनपीएलमा सहभागी नभएका खेलाडीलाई मौका समेत हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण