बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

नाबालिकाको चरित्रहत्या आराेपमा एक जना पक्राउ, दबाबमा पारी अश्लील गतिविधि गर्न लगाउँथे

आइतबार, ०६ पुस २०८२, १७ : ५९
आइतबार, ०६ पुस २०८२

काठमाडौँ । नाबालिकाको चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडा डि गाउँ बस्ने २७ वर्षीय सन्दिप चन्द रहेका छन् । उनलाई गत बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दिपकराज अवस्थीका अनुसार उनले सामाजिक सञ्जालमा महिलाको तस्बिर प्रयोग गरी फेक एकाउन्ट मार्फत साथी बनी कुराकानी गर्ने गरेका थिए । 

नाबालिकालाई विभिन्न प्रलोभन, दबाब र प्रभावमा पारी नग्न तस्बिर तथा भिडियो मागेर सेभ गरी राखी थप अश्लील गतिविधि नियमित रूपमा गर्न लगाउँदा नाबालिकाले नमानेपछि चन्दले उक्त तस्बिर तथा भिडियो पीडित नाबालिकाको विद्यालयका साथी तथा आफन्तजनका सामाजिक सञ्जालमा पठाई चरित्रहत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

चन्दलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप