आईसीसी टी–२० विश्वकप २०२६ : क्यानले बन्द प्रशिक्षणमा बोलायो २४ खेलाडी
काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले सन् २०२६ मा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका लागि २४ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामीलगायत प्रमुख खेलाडीहरूलाई क्यानले प्रशिक्षणमा बोलाएको हो ।
आगामी आईसीसी टी–२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुँदै छ । यो प्रतियोगिता भारतका ५ र श्रीलङ्काका २ गरी कुल ७ सहरका ८ फरक स्थानमा आयोजना गरिनेछ ।
नेपाल यस विश्वकपमा ग्रुप ‘सी’मा रहेको छ । यस समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश रहेका छन् । नेपालले आफ्ना समूह चरणका चार वटै खेल भारतको मुम्बईमा खेल्ने तालिका छ ।
नेपालले पहिलो खेल माघ २५ गते इंग्ल्यान्डसँग खेल्ने छ भने दोस्रो खेल फेब्रुअरीमा इटालीसँग खेल्नेछ ।
त्यस्तै तेस्रो खेल फेब्रुअरी १५ मा वेस्ट इन्डिजसँग खेल्ने छ । र अन्तिम समूह चरणको खेल फेब्रुअरी १७ मा बंगलादेशसँग खेल्ने छ ।
यी हुन् बन्द प्रशिक्षणमा बोलाइएका २४ खेलाडी
रोहित पौडेल
दीपेन्द्र सिंह ऐरी
सन्दीप लामिछाने
कुशल भुर्तेल
आसिफ शेख
कुशल मल्ल
सन्दीप जोरा
गुलशन झा
सोमपाल कामी
नन्दन यादव
ललित राजवंशी
लोकेश बम
आरिफ शेख
आदिल अन्सारी
करण के.सी.
साहब आलम
शेर मल्ल
भिम सार्की
ईशान पाण्डे
बशीर अहमद
विनोद भण्डारी
अविनाश बोहरा
प्रतीश जी.सी.
रूपेश के. सिंह

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण