पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा पर्यावरण संरक्षणमा ध्यान दिन आग्रह गरेका छन् ।
उनले नेपाली कांग्रेस मकवानपुर र मनहरि कमिटीद्वारा आइतबार आयोजित सङ्गठन शुद्धीकरण अभियान कार्यक्रममा उनले वनस्पति, जङ्गल, वन्यजन्तु र समग्रमा पर्यारणको सम्वर्द्धन गर्न विशेष गरी स्थानीय तहले ध्यान दिनुपर्ने बताएका हुन् ।
मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले दीर्घकालीन सुशासन र भ्रष्टाचारमुक्त समाजका लागि आवश्यक ऐन कानुन तर्जुमा तथा कार्यान्वयनमा जोड दिएको उल्लेख गरे ।
उनले आगामी फागुन २१ मा तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष र निर्भिक भई मतदान केन्द्रमा पुग्नसक्ने वातावरण बनाउन सबैले लाग्नुपर्ने बताए ।
उनले भने, “विशेष गरी सङ्घीय सरकारले सबैलाई आश्वस्त पारेर चुनावको माहोल बनाउनुपर्छ । कांग्रेसका शीर्षक नेताहरूले पनि विघटित संसद् पुनःस्थापन गर्नेतर्फ होइन आमनिर्वाचनमा सहभागी हुने विचारमा एकजुट हुनुपर्ने आवश्यकता छ ।”
उक्त कार्यक्रममा कांग्रेस नेता एवं पूर्वराज्यमन्त्री सन्तबहादुर प्रजा, मनहरि गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, जिल्ला सभापति बुद्ध लामा, कांग्रेस मनहरि समितिका सभापति प्रकाश बर्तौलालगायतले पार्टीको नीति, सैद्धान्तिक पक्षलाई आत्मसात् गरेर प्रत्येक सङ्गठन बलियो बनाउन लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मुख्यमन्त्री बानियाँले मनहरिस्थित मनकामना मन्दिर निर्माणका लागि व्यक्तिगत रु ७५ हजार मन्दिर व्यवस्थापकलाई हस्तान्तरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण