एक महिनामा विभिन्न कसुरमा ५ सय ५६ मुद्दा दर्ता
सारांश
- सुदूरपश्चिम प्रदेश प्रहरीले एक महिनामा ५५६ मुद्दा दर्ता गरेको छ।
- प्रहरीले २१४ फरार प्रतिवादीलाई पक्राउ गरेको छ, र घरेलु हिंसाका धेरै उजुरी मिलापत्र गरिएको छ।
- लागूऔषधसहित दुई महिला र ६८ पुरुष पक्राउ परेका छन्, र ९६ लाखको सामान बरामद गरिएको छ।
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पछिल्लो एक महिनामा विभिन्न कसुरमा ५ सय ५६ मुद्दा दर्ता गर्नुका साथै चालु मुद्दाका २ सय १४ फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
धनगढीमा आइतबार गरिएको पत्रकार सम्मेलनमा प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले सार्वजनिक चासोका मुद्दामध्ये १ सय १४ मुद्दाको फर्छ्योट भएको जानकारी दिए । अदालतले विगतमा गरेको फैसला कार्यान्वयनको सिलसिलामा ५ सय २४ फरार प्रतिवादीलाई पक्राउ गरिएको हो । मङ्सिरमा प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालयमा घरेलु हिंसातर्फ परेका ८० उजुरीमध्ये ६५ उजुरी मिलापत्र गरी मिलाइएको र आठ उजुरी कानुनी कारबाहीका लागि अदालतमा पठाइएको उल्लेख गरिएको छ ।
यस्तै विभिन्न ठाउँका १५५ महिला र बालबालिका हराएकामा खोजतलास गरेर ९० जनालाई सम्बन्धित परिवारको जिम्मामा लगाइएको छ । लागुऔषधतर्फ मङ्सिरमा प्रदेश प्रहरी र मातहतका कार्यालयको टोलीबाट २७ किलो चरेस र १ सय १८ ग्राम खैरो हिरोइन बरामद गरिएको तथा यस क्रममा दुई महिला र ६८ पुरुषलाई लागुऔषधसहित पक्राउ गरेर यस सम्बन्धी ५६ मुद्दा दर्ता गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेशभरि यो अवधिमा १ सय ३० सवारीसाधन दुर्घटना भई १० जनाको मृत्यु र २१४ जना घाइते भएका छन् । ट्राफिक नियम उलङ्घन गरेर सवारीसाधन चलाउने तीन हजार २ सय ८० सवारीसाधनका चालकमाथि कारबाही गर्दा रु २६ लाख २४ हजार राजस्व सङ्कलन गरिएको छ । भन्सार छली गरेर ल्याएका रु ९६ लाख ४४ हजार मूल्य बराबरका व्यापारिक मालसामान बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण