मुस्ताङमा हिउँ चितुवाको सर्वेक्षण सुरु
मुस्ताङ । हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन मुस्ताङमा पहिलोपटक विस्तृत सर्वेक्षण सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङले यहाँका चार स्थानीय तहमा शनिबारदेखि क्यामेरा ट्रयापिङमार्फत हिउँ चितुवाको सर्वेक्षण सुरु गरेको हो ।
हिउँ चितुवाको सम्भावित बासस्थान र क्षेत्र पत्ता लगाएर एक्याप तथा अन्य सरोकारवाला सङ्घसंस्थाले क्यामेरा ट्रयापिङ गर्दै आइएको थियो । यसबाट हिउँ चितुवाबारे जानकारी प्राप्त हुने भए पनि यकिन सङ्ख्या पत्ता लगाउन पर्याप्त थिएन ।
एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले सर्भेका लागि तल्लो मुस्ताङ र माथिल्लो मुस्ताङ गरी पाँच/पाँच किलोमिटरको दूरीमा १६१ वटा क्यामेरा ट्रयापिङ ग्रीडको मापदण्ड निर्धारण गरिएको छ ।
हिउँदयामको मौसममा उच्च लेकमा हिउँ बढी हुने भएकाले हिउँ चितुवाको आहारा प्र्रजाति तलतल झर्ने भएकाले हिउँ चितुवा पनि केही तल झर्ने गर्छन् ।
त्यसैगरी, केही दिनअघि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका आधा दर्जन बढी स्थानमा बायोकोस नेपाल र एक्यापले हिउँ चितुवाको अध्ययनका लागि १६ वटा क्यामेरा राखेको थियो ।
कार्यालय प्रमुख पौडेलले माथिल्लो मुस्ताङमा राखिने ९९ वटा क्यामेरा र तल्लो मुस्ताङमा राखिसकिएका १६ वटा क्यामेरा गरी एक सय ११ वटा क्यामेरा एकैसाथ प्रयोग गर्नेगरी सर्भे सुरु गरिएको बताए ।
सर्वेक्षणका लागि एक्याप लोमान्थाङले क्यामेरा ट्रयापिङ गर्न तीन ब्लकमा जनशक्ति विभाजन गरेको छ । एक्यापका प्राविधिक र स्थानीय जनशक्तिहरूको सहयोगमा क्यामेरा ट्रयापिङका लागि करिब एक दर्जनभन्दा बढी जनशक्ति फिल्डमा खटिएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।
सोही प्रयोजनका लागि एक्यापले अधिकतम छ महिनासम्म फिल्डमै क्यामेरा राख्ने जनाए पनि वैशाख महिनाभित्र हिउँ चितुवाको ट्रयापिङ क्यामेरा निकालिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण