प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै कांग्रेससहितका ६९ निवर्तमान सांसदको हस्ताक्षर तयार, भोलि दर्ता गरिने
सारांश
- कांग्रेस र अन्य दलका ६९ निवर्तमान सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर गरेका छन्।
- हस्ताक्षरसहितको पूरक रिट भोलि सर्वोच्च अदालतमा दर्ता गरिनेछ, जसमा पूर्वमहान्यायाधिवक्ताले वारेस दिएका छन्।
- यसअघि एमालेका ७५ निवर्तमान सांसदले पनि यस्तै माग गर्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन्।
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै कांग्रेसका ६६ र अन्य दलका तीनसहित ६९ निवर्तमान सांसदले हस्ताक्षर गरेका छन् । त्यो हस्ताक्षरसहितको पूरक रिट भोलि (मंगलबार) सर्वोच्च अदालतमा वारेसमार्फत दर्ता गरिने भएको छ । ती निवर्तमान सांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहितको वारेस दिएका छन् ।
खातीले ६९ निवर्तमान सांसदहरूको हस्ताक्षर आफूसम्म आइपुगेको र भोलि सर्वोच्चमा दर्ता गर्ने जानकारी दिए । ‘प्रतिनिधिसभा पुनर्स्थापनाका लागि भन्दै ६९ निवर्तमान सांसदको हस्ताक्षर मसम्म आइपुगेको छ,’ खातीले रातोपाटीसँग भने, ‘आज ढिला भयो, भोलि सर्वोच्चमा पूरक रिट दर्ता हुन्छ ।’
प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसबाहेक अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका हुन् । उनीहरूले सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा पुगेर हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल छन् ।
यस्तै एमालेका ७५ निवर्तमान सांसदहरूले यसअघि नै प्रतिनिधिसभा पुनर्स्थापना माग्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन् । कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ तथा सांसदहरू दीपक खड्का, जावेदा खातुन जागा, सिता राना, आशा बिक, शान्ति बिक, नागिना यादवले रिट दायर गरिसकेका छन् । एमालेले मंसिर १० गते र कांग्रेसका निवर्तमान सांसदहरूले मंसिर २३ गते रिट दर्ता गरेका थिए ।
अहिलेको हस्ताक्षर बुझाइएपछि पुनर्स्थापनाको काम गर्ने बहुमत सांसद् पुग्छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसदको आवश्यक पर्छ । अहिले हस्ताक्षर बुझाउने २ दलका सांसदको संख्या जोड्दा १४३ हुन्छ ।
एमालेले संसदीय दलको बैठकबाट निर्णय गरेर पार्टीका ७५ सांसदको हस्ताक्षरसहित संस्थागत रूपमा सर्वोच्चमा रिट दायर गरेको थियो । कांग्रेसको भने संस्थागत होइन ।
बहुमत सांसदले माग गरेपछि प्रतिनिधिसभा पुनः स्थापना गर्न सहज हुने कांग्रेस–एमालेको बुझाइ छ । उनीहरूले सर्वोच्चलाई फैसला गर्न सहज होस् भनेर बहुमत सांसदको हस्ताक्षर नै बुझाउन लागेको बताएका छन् ।
रिटमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएकाले खारेज गरेर संसदभित्रैबाट प्रधानमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढाउन परमादेशको माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण