अपडेट
दीपेन्द्र अग्रवाल सीआईबी परिसरभित्रै ‘अनसन’मा
सोमबार, ०७ पुस २०८२, १६ : ४१
काठमाडौँ । भ्रामक सूचना प्रसारण गरी धितोपत्रको कारोबार गरेको तथा अवैध लाभ आर्जन गरेको भन्दै धितोपत्र बजारसम्बन्धी कसुर आरोपमा पक्राउ परेका दीपेन्द्र अग्रवाल सीआईबी परिसरभित्र अनसन बसेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका उनले पुँजी बजार सुधारका लागि आफूले राखेको माग पूरा हुनुपर्ने भन्दै अनसन सुरु गरेको बताइएको छ ।
सीआईबीले उनलाई पुस ४ गते पक्राउ गरेको थियो । उनलाई जोशी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा चलखेल गरेको आरोप लागेको छ ।
सीआईबीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले अग्रवालले खाना नखाएको तर पानी खाएको अवस्था रहेको बताए । यसलाई अनसन हो वा होइन भन्ने अवस्था भने व्यक्तिगत विषय भएको उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण