बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छ : सचिव राई

सोमबार, ०७ पुस २०८२, १८ : ०८
सोमबार, ०७ पुस २०८२

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवनिर्वाचित सचिव शेरधन राईले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन भएमा एमाले सहभागी हुने बताएका छन् ।

साेमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले तोकिएको मितिमा चुनाव गराएमा एमाले सहभागी हुने तर हालसम्म चुनावको वातावरण सरकारले नबनाएको उनले आरोप लगाएए ।

कोशी प्रदेशका पहिलो मुख्यमन्त्री समेत रहेका राईले प्रदेश सरकार चाँडै पुनर्गठन हुने समेत बताए । उनले यसअघि नै पुनर्गठनको तयारी गरिए पनि महाधिवेशनलगायतका कारणले ढिलाइ भएकाले अब चाँडै मन्त्रिपरिषद् हेरफेर हुने जानकारी दिए ।

उनले प्रदेश सरकार पुनर्गठनका लागि सत्ता साझेदार दल नेपाली कांग्रेससँग एकदुई दिनमा छलफल हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप