ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी : मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानुनअनुसार हुन्छ
काठमाडाैँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीति दलहरुको गीत गाएर मात्रै देशको उन्नति नहुने बताएकी छन् । साेमबार सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले देशको विकास र उन्नति प्रमुख कुरा रहेको बताइन् । रातारात सबै कुरा नहुने भन्दै क्रमशः सरकारले काम गरिरहेको बताइन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अनुसन्धानका लागि पक्राउ गर्न पनि कानुन हुने बताउँदै मान्छेलाई समाएर टुँडिखेलमा गोली हान्नेकुरा नभएको बताइन् ।
आफूहरु कानूनका ज्ञाता भएकाले कानूनअनुसार अघि बढ्ने बताइन् । आफू सरकारमा आइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० वटा मुद्दा दर्ता गरेको र अपराध अनुसन्धान कार्यालयले यसअघि कहिल्यै नगरेको काम गरिरहेको दाबी गरिन् ।
प्रधानमन्त्री कार्कीले देशको लागि सबै मिलेर काम गर्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण