हेटौँडा बजार ‘प्रेतआत्माको शहर’ जस्तो भयो : मुख्यमन्त्री बानियाँ
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडा बजार क्षेत्र प्रेतआत्माको शहर जस्तो भएको टिप्पणी गरेका छन् ।
हेटौँडा बजार क्षेत्रको सडक विस्तारको कामबारे टिप्पणी गर्दै हेटौँडा ‘मानव विनाको शहर’ जस्तो देखिएको उनले बताए ।
सोमबार विपी कोइरालाको स्मृतिमा स्थापित वाचनालय र नेपाली कांग्रेस मकवानपुरका संस्थापक सभापति सूर्यबहादुर डिमडुङको स्मृतिमा निर्मित तीन कोठे भवनको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले सरकारले उचित व्यवस्थापन र विकल्प विना नै हेटौँडा बजारका घरहरू भत्काउँदा शहर कुरूप बनेको बताए ।
‘उज्यालो नेपाल पार्टी’ लाई कटाक्ष गर्दै नाम उज्यालो भए पनि हेटौँडालाई अँध्यारो बनाउने काम गरेको उनले टिप्पणी गरे । मुख्यमन्त्री बानियाँले पछिल्लो समय राजनीतिमा प्रतिशोधको भावना बढेको र सङ्कटको बेला सङ्घर्ष गर्ने नेतृत्वको अभाव देखिएको बताए ।
‘व्यवस्था चलाउन सरकार कठोर बन्नुपर्छ । तर निर्दयी बन्नु हुँदैन ।’ उनले भने ‘अव्यवस्थित सडक विस्तारका कारण हेटौँडाको अवस्था अहिले प्रेतआत्माको शहर जस्तो देखिएको छ । यसलाई तीनै तहका सरकारले मिलेर तत्काल निकास दिनुपर्छ ।’
मुख्यमन्त्री बानियाँले पार्टीभित्र राजनीतिक धैर्यता कमजोर बन्दै गएको बताए । महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै कांग्रेस फुट्छ भन्ने भ्रम अन्त्य भएको उनले बताए ।
कांग्रेसलाई पुनर्जीवित र पुनर्जागृत गराउनुपर्नेमा जोड दिँदै अहिले नेतृत्व सम्हालिएको उनको भनाई छ । पञ्चायत विरुद्धको सङ्घर्ष र लोकतन्त्र स्थापनामा कांग्रेसको ऐतिहासिक भूमिका रहेको उनले दाबी गरे ।
गणतन्त्रमा हिंसा, तोडफोड र व्यक्तिको घर जलाउने जस्ता कार्य किमार्थ स्वीकार्य नहुने मुख्यमन्त्री बानियाँले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण