मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पशुपति शमशेर राणा सिन्धुपाल्चोकबाट चुनाव लड्न सिफारिस

सोमबार, ०७ पुस २०८२, १९ : ४१
सोमबार, ०७ पुस २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिन्धुपाल्चोकबाट राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का ४ जनाको नाम सिफारिस गरिएको छ । सोमबार क्षेत्रीय कार्यसमितिले पशुपति शमशेर राणासहित ४ जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको हो । 

यस्तै कुमारी तामाङ, गोपिकृष्ण चौलागाई, देवराज गुरुङको नाम सिफारिस गरिएको हो । 

क्षेत्रीय कार्यसमितिले समानुपातिक खस/आर्यतर्फ ५ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेहरूमा उदय सापकोटा,बाबुराम खड्का,अमर बहादुर पण्डित,चिरञ्जीवी खनाल र हरि नेपाल रहेका छन् ।

समितिले समानुपातिकतर्फ(आदिवासी जनजाति ७ जना,जनजाति महिला ३ जना र समानुपातिक महिलातर्फ २ जनाको नाम सिफारिस गरेको छ । 

598233155_4146356575603856_7984912134362181722_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप