अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा
सुनसरी । नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी प्रदेश अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिता २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ ।
आयोजकले साेमबार धरानमा पत्रकार सम्मेलनमार्फत यही पुस ९ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगिताको सातौँ संस्करण सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
डिआइजिपी कप २०५८ सालदेखि सञ्चालन हुँदै आएको भए पनि छैटौँ संस्करणपछि रोकिएको थियो । सो प्रतियोगिता यस वर्ष पुन आयोजना गरिएको प्रतियोगिता संयोजक प्रहरी निरीक्षक सुरेशकुमार हायूले बताए ।
उनले भने, “मित्रताको लागि निष्पक्ष खेल, भन्ने नारासहित विद्यालय तहबाटै खेलकुदको प्रवर्द्धन गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगितालाई पुनः सञ्चालन गर्न लागिएको हो ।”
यस वर्ष प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय टोली सहभागी हुनेछन् । प्रतियोगिताको सम्पूर्ण खेल नेपाल प्रहरी विद्यालय धरानको फुटबल मैदानमा सञ्चालन हुने जनाइएको छ ।
प्रतियोगितामा यु–१७ र यु–१८ उमेर समूहभित्रका, कक्षा १० सम्म अध्ययनरत तथा एन्फाको कुनै पनि लिगमा सहभागी नभएका विद्यार्थी खेलाडी मात्र भाग लिन पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले रु ८१ हजार पाँच, उपविजेताले रु ४१ हजार पाँच नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी, गोलकिपर, मिडफिल्डर, डिफेन्डर, हाई स्कोरर, राइजिङ प्लेयर तथा कोचलाई जनही रु दुई हजार ५००, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रत्येक खेलको म्यान अफ द म्याचले रु एक हजार पाँच, मेडल र प्रमाणपत्र पाउने छन् भने, विजेता खेलाडीलाई कक्षा ११ मा ५० प्रतिशत छात्रवृत्तिसमेत उपलब्ध गराइने संयोजक हायुले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण