५ घण्टापछि सकियो रवि–बालेन भेटवार्ता
सारांश
- रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहबीच काठमाडौंमा करिब ५ घण्टा लामो भेटवार्ता भयो।
- भेटमा आगामी चुनावमा तालमेल र सहकार्यबारे छलफल भएको थियो, तर कुनै औपचारिक निर्णय भएन।
- दुवै पक्षले संवादलाई सकारात्मक रूपमा अघि बढाउने सहमति जनाएका छन् र एउटै गाडीमा बाहिरिए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबिच सोमबार राति लामो भेटवार्ता भएको छ । कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको निवासमा भएको छलफल करिब ५ घण्टा चलेको स्रोतले जनाएको छ ।
सोमबार साँझ ८ बजेदेखि सुरु भएको वार्ता मंगलबार बिहान १ बजेसम्म निरन्तर चलेको थियो । छलफलमा रास्वपाको तर्फबाट सभापति लामिछानेसहित उपसभापति डिपी अर्याल सहभागी थिए भने बालेन समूहको तर्फबाट बालेन शाहसहित वार्ता समिति संयोजक कुमार बेन उपस्थित थिए ।
स्रोतका अनुसार भेटवार्तामा आगामी दिनमा चुनावी तालमेल र सम्भावित सहकार्यका विषयमा गम्भीर छलफल भएको थियो । औपचारिक निर्णय सार्वजनिक नभए पनि दुवै पक्षले संवादलाई सकारात्मक रूपमा अघि बढाउने सहमति जनाएका छन् ।
वार्तापछि सभापति लामिछाने र मेयर शाह एउटै गाडीबाट बाहिरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
-
वैदेशिक रोजगारीका पीडितका लागि अनलाइन उजुरी प्रणाली सुरु, काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण