'मरुभूमिमा पानीजस्तै' गीतमा बेनीशा र नरेनको अभिनय
सारांश
- सामाजिक राजनीतिक विषयमा बनेको फिल्म 'बिगुल' माघ ९ गते रिलिज हुने भएको छ।
- फिल्मको शीर्ष गीत 'मरुभूमिमा पानीजस्तै' सार्वजनिक भएको छ, जसमा बेनीशा हमाल र नरेन खड्का फिचर्ड छन्।
- 'बिगुल' मा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । सामाजिक राजनीतिक विषयमा निर्माण भएको फिल्म ‘बिगुल’ । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने फिल्म यतिबेला प्रचारप्रसारमा छ । यस्तैमा निर्माण युनिटले फिल्मको शीर्ष गीत ‘मरुभूमिमा पानीजस्तै’ सार्वजनिक गरेको छ । युवराज चौलागाई र अनु चौधरीको स्वर रहेको गीतमा फिल्मका कलाकार बेनीशा हमाल र नरेन खड्का फिचर्ड छन् । गीतमा शब्द र संगीत अर्जुन पोखरेलको छ ।
रमेश कोइराला निर्देशित ‘बिगुल’को कथाकार र निर्माता दिनेश कोइराला हुन् । पछिल्लो समय एकै खाले विषयका बग्रेल्ती फिल्म आइरहेको अवस्थामा ‘बिगुल’ले भने राजनीति, परिवार, समाजलाई मनोरञ्जनको सम्मिश्रण गरी कथा बुनेको बताइन्छ ।
फिल्ममा बेनीशा हमाल,नरेन खड्का, रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिसिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमिरे,गीता अधिकारी,मीरा पण्डित,मानश्री शर्मालगायतको अभिनय छ । म्याग्नोलिया ग्रुपको ब्यानर कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मको पटकथा–सम्वाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । शिव ढकालको छायाङ्कन,कमल राई र कविराज गहतराजको नृत्य निर्देशन,एनवी महर्जनको द्वन्द्व निर्देशन,विश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् ।
सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेका फिल्मको बितरण काफिया फिल्म्स् र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्ने छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण