आयल निगमका तत्कालीन कार्यकारी निर्देशक खड्काविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
सारांश
- तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।
- विशेष अदालतले खड्कालाई ९ करोड १९ लाख रुपैयाँभन्दा बढी बिगो असुल गर्ने फैसला सुनाएको थियो र सम्पत्ति जफत गर्न आदेश दिएको थियो।
- खड्का र नेपाल सरकार दुवैले विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए।
काठमाडौँ । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध दायर भ्रष्टाचार मुद्दामा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो ।
२०८० असार १५ गते विशेष अदालतले खड्कालाई अकूत सम्पत्ति आर्जनमा दोषी ठहर गर्दै ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ ६४ पैसा बिगो असुल गर्ने र सोही बराबर जरिवाना गर्ने फैसला सुनाएको थियो। त्यससँगै उनका घरजग्गा, सेयर, नगद तथा बैंक मौज्दात जफत गर्ने आदेश दिएको थियो।
विशेष अदालतले खड्काले सम्पत्ति श्रीमती शर्मिला खड्का र अमिता सोदेम्बाको नाममा लुकाएको ठहर गर्दै तीन कित्ता घरजग्गा समेत जफत गर्ने आदेश दिएको थियो।
विशेषको निर्णयविरुद्ध खड्काले २०८१ फागुन २२ गते र नेपाल सरकारले २०८० चैत १२ गते सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए। दुवै पुनरावेदनलाई एकैसाथ राखेर सर्वोच्चले सुनुवाइ गर्न पेसी तोकेको हो ।
विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिग्राम संग्रौला र डा. खुसीप्रसाद थारुको इजलासले खड्कालाई गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै एक वर्ष तीन महिना कैद सजायसहित बिगो असुल र जरिवाना गर्ने फैसला सुनाएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण