राजनीति
राष्ट्रपति पौडेलले कांग्रेस सभापति र एमाले अध्यक्षसँग छलफल गर्दै
मङ्गलबार, ०८ पुस २०८२, १३ : ४६
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दै हुनुहुन्छ।
- छलफल मंगलबार दिउँसो ३ बजे शीतलनिवासमा हुनेछ, जसमा निर्वाचन र कानुन संशोधनबारे कुराकानी हुनेछ।
- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन र कानुन संशोधनबारे छलफल हुने बताइएको छ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न लागेका छन् ।
मंगलबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा देउवा र ओलीसँग छलफल गर्ने कार्यक्रम तय भएको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ ।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी कानुन संशोधनको विषयमा विघटित प्रतिनिधिसभामा दुई ठूला दलका प्रमुखसँग राष्ट्रपतिले भेट गर्नै लागेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण