राष्ट्रपतिले किन एकैपटक तीन शीर्ष नेता र प्रधानमन्त्रीलाई छलफलमा बोलाए ?
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभाका तीन ठुला दलका सभापति र प्रधानमन्त्रीलाई छलफलका लागि बोलाएका छन्।
- छलफल मंगलबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुनेछ।
- स्रोतका अनुसार, छलफलको मुख्य एजेन्डामा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन र कानुन संशोधनको विषय रहेको छ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभामा तीन ठुला दलका सभापति र प्रधानमन्त्री सुशीला कार्कीलाई एकैपटक छलफलमा बोलाएका छन् ।
राष्ट्रपतिको सचिवालयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एकैपटक छलफलमा बोलाएको जानकारी दिएको छ ।
मंगलबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा छलफलमा बोलाइएको हो । छलफलको एजेण्डाबारे राष्ट्रपतिले केही बताएका छैनन् ।
निकटस्थ स्रोतले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी कानुन संशोधनको विषयमा छलफल गर्न मुख्य दलका प्रमुख र प्रधानमन्त्रीलाई एकै ठाउँमा राखेर छलफल गर्न लागेको जानकारी दिएको छ ।
कांग्रेस र एमालेका बहुमत निवर्तमान सांसद प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा रिट लिएर गएको बेलामा प्रधानमन्त्रीसहित ती दलका शीर्ष नेतालाई राष्ट्रपतिले एकै ठाउँमा राखेर छलफल गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रधानमन्त्रीको सचिवालयले राष्ट्रपतिले छलफलमा बोलाएको पुष्टि गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण