पोखरा एयरपोर्टमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई विमानस्थल प्रवेशमा रोक
पोखरा । यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी चालकलाई कारबाही गरिएको छ । यात्राका क्रममा विमानस्थलमा ट्याक्सी चालकले गरेको दुर्व्यवहारको भिडियोहरू सामाजिक सञ्जालमा पोष्ट गरिएका थिए ।
त्यसकै आधारमा विमानस्थल प्रशासनलाई उजुरी समेत परेपछि नागरिक उड्ययन कार्यालय पोखराले ती ट्याक्सी चालकलाई कारबाही गरेको हो ।
विमानस्थल प्रमुख जगन्नाथ निरौलाका अनुसार पुस ८ गतेदेखि लागू हुने गरी १ महिनासम्म उनीहरुले पोखरा विमानस्थलमा ट्याक्सी सेवा सञ्चालन गर्न पाउने छैनन् ।
‘अमर्यादित व्यवहार गर्ने सम्बन्धित पाँच जना ट्याक्सी चालक तथा निजका ट्याक्सीहरूलाई एक महिनासम्म यस विमानस्थलबाट ट्याक्सी सेवा प्रदान गर्न रोक लगाइएको छ,’ विज्ञप्तिमार्फत उनले भनेका छन्, ‘सम्पूर्ण चालकहरूले अब आइन्दा यात्रुसँग नम्र, सभ्य, शालीन एवं मर्यादित व्यवहार गर्ने र सोबमोजिमको व्यवहार नभएको पाइएमा कानुन अनुसार कारबाही हुनेछ ।’
इन्ड्राइभ, पठाओजस्ता अनलाइन एपमा आधारित सेवा प्रदान गर्ने सवारीलाई कुनै अवरोध नगर्न पनि विमानस्थलले चेतावनी दिएको छ ।
‘नियमानुसारको शुल्क तिरी विमानस्थलको सवारी पार्किङ क्षेत्रमा सवारी साधन राखी आफ्नो यात्रु चढाई लैजान अवरोध नगर्ने निर्णय भएको छ,’ सार्वजनिक भएको विज्ञप्तिमा उल्लेख छ, ‘विमानस्थलको पहुँच मार्गको दायाँ–बायाँको स्थानमा सवारी साधन नरोकिदिनुहुन सबैसँग अपिल गरिन्छ ।’
योसँगै अबदेखि इन्ड्राइभर र पठाओ जस्ता एपमा आधारित सवारी साधनले विमानस्थलमा निर्धक्क सेवा दिन पाउने निरौलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण