डेल्टा अटोकर्पको ‘चिसो विन्टर, तातो अफर’
काठमाडौँ । डेल्टा अटोकर्प प्रालि अन्तर्गतका प्रिमियम इटालियन स्कुटर ब्रान्ड भेस्पा र एप्रिलियाले जाडो मौसमलाई लक्षित गरी 'चिसो विन्टर, तातो अफर' विशेष योजना सार्वजनिक गरेका छन् ।
यस अफरअन्तर्गत, भेस्पा वा एप्रिलिया स्कुटर खरिदमा ग्राहकले ७ हजार ५ सय रुपैयाँ नगद छुट वा दुई वर्षको निःशुल्क मेन्टेनेन्स प्याकेजमध्ये एक छनोट गर्न सक्नेछन् । मेन्टेनेन्स प्याकेजमा इन्जिन आयल, एयर फिल्टर, आयल फिल्टर, निःशुल्क सर्भिस र लेभर चार्ज समावेश गरिएको छ ।
यस योजनाले जाडो मौसममा ग्राहकहरूको खरिदलाई थप उत्साहजनक र लाभदायी बनाउने कम्पनीले विश्वास गरेको छ ।
यस स्किममा आकर्षक एक्सचेन्ज लाभ पनि समावेश छ, जसमा कुनै पनि दुई–पाङ्ग्रे ब्राण्डको स्कुटरमा १० हजार रुपैयाँसम्म थप मूल्यांकन र एक्सचेन्जमा न्यूनतम ४० हजार रुपैयाँको ग्यारेन्टेड मूल्यांकन प्रदान गरिने कम्पनीले जनाएको छ ।
स्कुटर खरिद अझ पहुँचयोग्य बनाउन डेल्टा अटोकर्पले ४.९९ प्रतिशत ब्याजदरमा ईएमआई फाइनान्स् सुविधा र ० प्रतिशत सर्भिस चार्जको सुविधा प्रदान गर्दै छ । थप अफर अवधिभर हरेक स्कुटर खरिदमा निःशुल्क ब्रान्डेड हेलमेट र स्कुटर कभर प्रदान गरिनेछ ।
'जाडोको मौसममा न्यानो खुसी बाँड्दै हामीले 'चिसो विन्टर, तातो अफर’ सार्वजनिक गरेका छौँ । प्रिमियम स्कुटर खरिदमा उल्लेखनीय बचत र भरपुर सुविधा पाउने यो नै सुनौलो समय हो, गुणस्तरीय सवारी साधनलाई सहज र किफायती मूल्यमा उपलब्ध गराउने डेल्टा अटोकर्पको प्रतिबद्धतालाई यस अभियानले नयाँ उचाइ दिनेछ,' डेल्टा अटोकर्पका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय महतोले भने ।
यो अफर पुस ९ गतेदेखि फागुन ८ गतेसम्म सम्पूर्ण भेस्पा र एप्रिलिया शोरुमहरूमा लागु हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण