आर्चर एशेज शृङ्खलाबाट बाहिरिए, बेथेलर एट्किन्सन टिममा
सारांश
- इंग्ल्याण्डका बलर जोफ्रा आर्चर एशेज शृङ्खलाको बाँकी खेलबाट बाहिरिएका छन्, किनभने उनलाई 'साइड स्ट्रेन' भएको छ।
- आर्चरको स्थानमा गस एट्किन्सनले खेल्नेछन् भने खराब प्रदर्शन गरेका ओली पोपलाई टोलीबाट हटाइएको छ र ज्याकब बेथेललाई मौका दिइएको छ।
- आर्चरले यस शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेका थिए र उनले ९ विकेट लिएका थिए, तर चोटका कारण उनी टेस्ट क्रिकेटबाट बाहिरिए।
काठमाडौँ । अस्ट्रेलिया भ्रमणमा रहेको इङ्गल्यान्डका लागि अर्को झड्का लागेको छ । तीव्र गतिका बलर जोफ्रा आर्चरलाई एशेज शृङ्खलाको बाँकी खेलहरूबाट बाहिरिएका छन् ।
चार वर्षपछि टेस्ट क्रिकेटमा फर्किएका ३० वर्षीय आर्चरलाई ‘साइड स्ट्रेन’ भएको छ । यसका कारण उनले बक्सिङ डेमा मेलबर्नमा हुने चौथो टेस्ट र नयाँ वर्षमा सिड्नीमा हुने पाँचौँ टेस्ट गुमाउनेछन् ।
आर्चरको स्थान इङ्गल्यान्डको प्लेइङ–११ मा गसएट्किन्सनले लिएका छन् । यता, खराब प्रदर्शन गर्दै आएका ओली पोपलाई भने टोलीबाट बाहिर राखिएको छ र उनको ठाउँमा ज्याकब बेथेललाई मौका दिइएको छ ।
तीन खेलपछि ३–० ले पछि परेको इङ्गल्यान्डका लागि आर्चरले यस शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेका थिए । आर्चरले ९ विकेट लिएका छन् भने एडिलेडमा भएको तेस्रो टेस्टमा आफ्नो पहिलो अर्धशतक पनि प्रहार गरेका थिए ।
वर्षौंसम्म कुहिनो र ढाडको चोटसँग संघर्ष गरेर टेस्ट क्रिकेटमा फर्किएका आर्चरका लागि यो निकै निराशाजनक खबर हो पाँच महिनाअघि लड्र्समा भारतविरुद्ध पुनरागमन गरेका उनले चोटका कारण बाहिरिनु अघि पाँच टेस्ट खेलेका थिए । चौथो टेस्टपछि आर्चर बेलायत फर्कनेछन्, जहाँ उनको चोटको पुन जाँच गरिनेछ ।
त्यसपछि फेब्रुअरीमा भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपका लागि उनको उपलब्धता बारे निर्णय हुनेछ । कप्तान बेन स्टोक्सले भने, ‘यी तीन खेलमा उनले गरेको प्रयास असाधारण छ। अस्ट्रेलियामा आउँदा उनको क्षमता माथि धेरै प्रश्न उठाइएको थियो, तर उनले टोलीका लागि उत्कृष्ट प्रयास गरेका छन्।’
एडिलेडमा अस्ट्रेलियाको पहिलो इनिङ्समा आर्चरले ५३ रन खर्चेर ५ विकेट लिएका थिए, जुन टेस्ट क्रिकेटमा छ वर्षपछि उनको पहिलो ‘पाँच विकेट हल’ थियो । तर, अस्ट्रेलियाको दोस्रो इनिङ्समा उनले केवल १२.४ ओभरमात्र बलिङ गरे ।
मेलबर्नमा मङ्गलवार गरिएको स्क्यानले उनको साइडमा चोट देखिएको पुष्टि गरेको छ । इङ्गल्यान्डले यस भ्रमणमा पहिले नै अर्का तीव्र गतिका बलर मार्क वुडलाई चोटका कारण गुमाइसकेको छ, जसको स्थानमा सरेका म्याथ्यू फिसरलाई बोलाइएको थियो ।
हाल टोलीमा अर्को तीव्र गतिका बलर थप्ने कुनै योजना छैन ।
चौथो एशेज टेस्टका लागि इङ्गल्यान्डको प्लेइङ–११ः ज्याक क्रली, बेन डकेट, ज्याकब बेथेल, जो रुट,ह्यारी ब्रुक, बेन स्टोक्स (कप्तान), जेमी स्मिथ, विल ज्याक्स, गस एट्किन्सन, ब्रायडन कार्स, जोश टंग।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण