कांग्रेसमा डेढ लाख नयाँ सदस्य थपिए, दुई क्षेत्रमा फारम पुगेन
सारांश
- नेपाली कांग्रेसमा डेढ लाख नयाँ क्रियाशील सदस्य थपिएका छन्।
- नयाँ क्रियाशील सदस्यता वितरणका लागि दुई क्षेत्रमा फारम पुगेको छैन।
- कांग्रेसले शतप्रतिशत नयाँ सदस्य थप्ने रणनीति लिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसमा एक लाख ५० हजार (डेढ लाख) नयाँ क्रियाशील सदस्य थपिएका छन् । महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समिति सदस्य योगेन्द्र चौधरीले डेढ लाख नयाँ क्रियाशील सदस्य सर्भरमा इन्ट्री भएको जानकारी दिए ।
‘हामीले ६ लाख नयाँ क्रियशील सदस्यताको फारम पठाएका थियौँ, तीमध्ये डेढ लाख सदस्यता सर्भरमा इन्ट्री भइसकेका छन्,’ चौधरीले रातोपाटीसँग भने, ‘बाँकी आउने क्रम जारी छ ।’
कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणका लागि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन अगाडि २ लाख फारम क्षेत्र–क्षेत्रमा पठाएको थियो । आन्दोलनपछि ४ लाख फारम पठाइएको थियो, तर सिरियल नम्बरबिना फारम पठाइएको पाइएपछि ती फारम रद्द गरेर फेरि सिरियल नम्बर सहितका फारम पठाइएको थियो । त्यसले केही ढिलाइ भएको सदस्य चौधरीले जानकारी दिए ।
नयाँ फारम पठाउनका लागि समितिले बिहीबार साँझसम्मको समय तोकेको छ, तर अहिलेसम्म दुई क्षेत्रमा फारम गएको छैन । बारा प्रतिनिधिसभा क्षेत्र नम्बर १ र खोटाङमा नयाँ क्रियाशील सदस्यताको फारम नपुगेको चौधरीले जानकारी दिए ।
खोटाङका जिल्ला सभापति विष्णुकुमार राई अनुशासनको कारबाहीमा परेर निलम्बित हुँदा त्यहाँ सदस्यता वितरण र नवीकरणको प्रक्रिया नै सुरु भएको छैन । चौधरीका अनुसार बारा–१ मा पनि वर्षौँदेखिको विवाद मिल्न नसक्दा सदस्यताको फारम गएको छैन, त्यहाँ नवीकरणको काम पनि भएको छैन ।
कांग्रेसले प्रक्रिया पुर्याएर मागेमा नयाँ क्रियाशील सदस्यताका थप फारम पनि पठाइने उनले जानकारी दिए ।
कांग्रेसले अहिले सदस्यता वितरणको प्रावधानमा केही फितलो बनाउँदै सकभर शतप्रतिशत नयाँ थप्ने रणनीति लिएको छ । यसअघि कांग्रेसले १४ औँ महाधिवेशनमा पुराना सदस्यको २५ प्रतिशत मात्रै नयाँ सदस्य दिएको थियो । २०७८ सालमा भएको १४औँ महाधिवेशनमा ८ लाख ६७ हजार ८७० क्रियाशील सदस्य थिए ।
१५औँ महाधिवेशनका लागि अझै नवीकरणको काम सकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण