दोस्रो बजारमा सूचीकृत ५० प्रतिशत कम्पनी समयमा साधारणसभा गर्न असफल
काठमाडौं । दोस्रो बजारमा सूचीकृत १३३ कम्पनी समयमा साधारणसभा गर्न असफल भएका छन् । कम्पनी कानुनमा भएका व्यवस्था बमोजिम ती कम्पनीहरु समयमा साधारणसभा गर्न असफल भएका हुन् ।
कम्पनी ऐन २०६३ ले आर्थिक वर्ष पूरा भएको ६ महिनाभित्र कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था पालना नभए त्यस्ता कम्पनीहरुलाई कम्पनी रजिष्ट्रार कार्यालयले आर्थिक जरिवानाको कारबाही गर्ने गरेको छ ।
कम्पनी ऐन २०६३ को दफा ७६(१) ले यस ऐन अन्तर्गत स्थापित सबै कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गर्नुपर्ने व्यवस्था गरेको छ । सोही ऐनको दफा ७७ (२) ले कुनै पनि पब्लिक कम्पनीले साधारणसभा हुनुभन्दा कम्तीमा २१ दिनअघि साधारणसभा बोलाउनुपर्ने व्यवस्था गरेको छ ।
पुसभित्र साधारणसभा सक्नुपर्ने र त्यसको २१ दिनअघि आह्वान गरिसक्नुपर्ने व्यवस्थाले बुधबारसम्म साधारणसभा आह्वान गर्न असफल रहेका कम्पनीहरुले अब सो तोकिएको अवधिभित्र साधारणसभा सम्पन्न गर्नसक्ने अवस्था छैन । त्यसैले ती कम्पनीहरु कारबाहीमा पर्ने निश्चित देखिएको हो । यो अवस्था सूचीकृत मात्रै नभएर सबै पब्लिक कम्पनीका हकमा लागु हुने कम्पनी ऐनमा व्यवस्था गरिएको छ ।
सूचीकृत कम्पनीको साधारणसभाको अवस्था
हाल दोस्रो बजारमा २६४ कम्पनी सूचीकृत छन् । यसमध्ये बिहीबारसम्म ६४ कम्पनीले मात्रै साधारणसभा सम्पन्न गरेका छन् । ६८ कम्पनीले साधारणसभा आह्वान गरेका छन्, उनीहरुले तोकिएको अवधिभित्रै साधारणसभा सम्पन्न गर्न सक्ने अवस्था छ ।
सेयर बजारमा कुल १३ समूहमध्ये म्युचुअल फण्ड बाहेक अन्य १२ वटा समूह अन्तर्गतका कम्पनीले साधारणसभा गर्नुपर्छ । त्यसमध्ये वाणिज्य बैंकमध्ये ८ कम्पनीको साधारणसभा सकिएको छ, ४ वटाको साधारणसभाको मिति तोकिँदा ७ वटाको साधारणसभा आह्वान हुन बाँकी छ ।
वाणिज्य बैंकमध्ये नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, एनआईसी एसिया बैंक, कुमारी बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक र नेपाल बैंकले हालसम्म साधारणसभा आह्वान गर्न सकेका छैनन् । यीमध्ये सबै बैंकहरुको लेखापरीक्षण प्रतिवेदन स्वीकृत भइसकेको राष्ट्र बैंकले जनाएको छ ।

विकास बैंकतर्फ १६ कम्पनीमध्ये सात कम्पनीको मात्रै साधारणसभा आह्वान भएको छ । त्यसमध्ये ६ बैंकले सभा सम्पन्न गर्दा एउटा कम्पनीको आह्वान भएर गर्न बाँकी अवस्था देखिन्छ । बाँकी ९ कम्पनीले समयमा साधारणसभा गर्न सकेका छैनन् । राष्ट्रिय स्तरका विकास बैंकमध्ये ज्योति बैंक र लुम्बिनीको साधारणसभा समयमा नहुने देखिएको छ ।
फाइनान्स कम्पनीमध्ये १७ मध्ये तीनवटाले मात्रै समयमा सभा आह्वान गर्ने देखिएको छ । बाँकी १४ वटाको सभा पुसभन्दा पछि धकेलिने निश्चित भएको छ । त्यस्तै, ५० लघुवित्त संस्थामध्ये हालसम्म ४२ कम्पनीको साधारणसभा आह्वान हुन बाँकी छ । ८ वटाले आह्वान गरेकोमा ४ वटाको सम्पन्न भइसकेको अवस्था छ ।
त्यस्तै जीवन बीमामध्ये हालसम्म ८ कम्पनीले साधारणसभा आह्वान गर्दा कुनै पनि कम्पनीले सम्पन्न गरिसकेको अवस्था छैन । हाल बजारमा जीवनबीमा र लघु जीवनबीमा गरी १४ कम्पनी सञ्चालनमा रहेका छन् । निर्जीवन बीमातर्फ १३ कम्पनीमध्ये ८ वटाको साधारणसभा आह्वान भएको छैन । ५ वटाले आह्वान गर्दा कुनै पनि कम्पनीले सम्पन्न नगरेको देखिन्छ ।
सबैभन्दा धेरै ९७ कम्पनी सूचीकृत कम्पनी भएको हाइड्रोपावर समूहका ६० कम्पनीले समयमा साधारणसभा सक्ने निश्चित भएको छ । त्यसमध्ये २९ कम्पनीको साधारणसभा आह्वान भइसकेको छ ।
हालसम्म उत्पादन तथा प्रशोधनमूलक क्षेत्रका १३ मध्ये ११, पर्यटन होटल समूहका ७ मध्ये सबै, इन्भेस्टमेन्ट समूहका ७ मध्ये ५ र अन्य समूहका ९ मध्ये ६ कम्पनीले साधारणसभा आह्वान गर्दा ट्रेडिङ क्षेत्रका कुनै पनि कम्पनीले साधारणसभा बोलाउन सकेका छैनन् ।
समूहगत क्षेत्र
|
|
जम्मा संख्या
|
साधारणसभा आह्वान भएका कम्पनी |
साधारणसभा आह्वान नभएका कम्पनी |
||
|
सम्पन्न |
आह्वान |
जम्मा |
|||
|
वाणिज्य बैंक |
१९ |
८ |
४ |
१२ |
७ |
|
विकास बैंक |
१६ |
६ |
१ |
७ |
९ |
|
फाइनान्स कम्पनी |
१७ |
२ |
१ |
३ |
१४ |
|
जीवन बीमा |
१४ |
० |
८ |
८ |
६ |
|
निर्जीवन बीमा |
१३ |
० |
५ |
५ |
८ |
|
माइक्रोफाइनान्स |
५० |
४ |
४ |
८ |
४२ |
|
अन्य |
९ |
४ |
२ |
६ |
३ |
|
उत्पादन तथा प्रशोधन |
१३ |
५ |
६ |
११ |
२ |
|
होटल तथा पर्यटन |
७ |
३ |
४ |
७ |
० |
|
हाइड्रोपावर |
९७ |
२९ |
३१ |
६० |
३७ |
|
ट्रेडिङ |
२ |
० |
० |
० |
२ |
|
इन्भेष्टमेन्ट |
७ |
३ |
२ |
५ |
२ |
|
जम्मा |
२६४ |
६४ |
६८ |
१३२ |
१३२ |
कति हुन्छ जरिवाना ?
समयमा साधारणसभा गर्न नसक्ने कम्पनीहरुलाई जरिवानाको व्यवस्था भएपनि यो सांकेतिक खालको मात्रै छ । कम्पनी ऐन २०६३ ले यो अवधिमा अद्यावधिक नभएका कम्पनीलाई थप ३ महिनाका लागि १ हजारदेखि ५ हजारसम्म, ६ महिनासम्मका लागि २ हजारदेखि १० हजारसम्म र त्योभन्दा बढीसम्म अद्यावधिक नगर्ने कम्पनीलाई वार्षिक ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको देखिन्छ ।
दोस्रो बजारमा सूचीकृत नभएका कम्पनीलाई समयमा साधारणसभा नगर्दा योभन्दा बाहेक केही हुँदैन । तर सूचीकृत कम्पनीको हकमा भने थप क्षति व्यहोर्नुपर्छ । समयमा साधारणसभा गर्न नसक्ने कम्पनीलाई दोस्रो बजारको मूल्यांकनमा तल्लो श्रेणीमा राख्ने गरिन्छ । यस्ता कम्पनीको सेयरलाई मार्जिन लेन्डिङमा लागि अनुमति समेत नदिने व्यवस्था गरिएको छ । बैंकले समेत यी कम्पनीको सेयर धितोको कर्जाको लोन–टू–भ्यालु अनुपातलाई स्वेच्छिक घटाउने गर्छ, यद्यपि यो बाध्यकारी चाहिँ होइन ।
यसले कम्पनीको गुडविलमा प्रभाव पार्ने भएकाले पुस मसान्तसम्म साधारणसभा गर्नुलाई बैङ्कहरुले प्रतिष्ठाको विषय मान्ने गर्छन् । त्यसैले अन्तिम समयमा भएपनि कम्पनीहरुले साधारणसभा बोलाउने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण