लेबनानमा भएको आक्रमणमा इरानी ‘एलाइट कुद्स युनिट’का सदस्यको मृत्यु
काठमाडाैँ । इजरायली सेनाले बिहीबार लेबनानमा भएको आक्रमणमा इरानको ‘एलाइट कुद्स युनिट’का एक सदस्यको मृत्यु भएको बताएको छ ।
सेनाले मारिने इरानी अधिकारी हुसेन महमुद मार्शद अल–जहरी रहेको पुष्टि गरेको छ । अल–जहरीे रिभोलुसनरी गाड्र्सको विदेश सञ्चालन शाखा ‘इलाइट कुद्स फोर्स’का एक प्रमुख सदस्य भएको इजरायली सेनाले बताएको छ।
सेनाले भनेको छ, “हुसेन इरानको निर्देशनमा रहेको इजरायल र सिरियाको सुरक्षा फौजविरुद्ध आतङ्कवादी गतिविधिमा संलग्न थिए।
गत जुनमा इजरायलले इरानसँग १२ दिने युद्ध लडेको थियो । इजरायलले इरानको आणविक अनुसन्धान र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई अस्तव्यस्त बनाउन खोजेको भन्दै सैन्य र आणविक स्थलका साथै आवासीय क्षेत्रहरूमा पनि आक्रमण गरेको थियो ।
इरानले पनि बदलामा इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गर्दै इजरायली क्षेत्रमा आक्रमण गरेको थियो ।
युद्धविराम घोषणा गर्नुअघि संयुक्त राज्य अमेरिकाले पनि इरानको आणविक सुविधाहरूमा आक्रमण गर्न इजरायललाई सघाएको थियो ।
इजरायललाई मान्यता नदिने इरानले लामो समयदेखि आफूमाथि आणविक केन्द्रविरुद्ध तोडफोड गरेको र वैज्ञानिकको हत्या गरेको आरोप लगाउँदै आएको छ ।
इरानले लेबनानको हिजबुल्ला र प्यालेस्टिनी लडाकू समूह (हमास) सहित प्रतिरोधको तथाकथित रूपमा यस क्षेत्र वरपरका लडाकू समूहहरूलाई पनि समर्थन गर्दछ । यी समूहविरूद्ध विगत दुई वर्षमा इजरायलले ठुलो द्वन्द्व लडेको छ ।
यसअघि बिहीबार इजरायलले इरानी गुप्तचर सेवाको निर्देशनमा सुरक्षा अपराध गरेको आशङ्कामा एक इजरायली व्यक्तिलाई पक्राउ गरेको घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण