देश बनाउने कुरा धेरै सुनियो, अब योजना र सक्षमता जोखेर निर्णय गरौँ: निर्देशक बस्नेत
सारांश
- निर्देशक निश्चल बस्नेतले देश बनाउने नाराभन्दा नेतृत्वको योग्यता हेर्नुपर्ने बताए।
- उनले जनतालाई सोचविचार गरेर निर्णय लिन र गलत निर्णयको असरबारे सचेत गराए।
- बस्नेतले वैकल्पिक शक्तिहरू एक हुनुपर्नेमा जोड दिँदै आएका छन्।
काठमाडौँ। कलाकार तथा चलचित्र निर्देशक निश्चल बस्नेतले देश बनाउने नाराभन्दा अघि योजना, काम गर्ने योग्यता र समाधान दिन सक्ने नेतृत्व छान्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ‘नयाँ’ हुनु मात्र पर्याप्त नभई सक्षमता र योग्यता पनि गम्भीर रूपमा मूल्यांकन गर्नुपर्ने बताएका हुन् ।
बस्नेतले आफ्नो पोस्टमा जनताकै हातमा जनादेश रहने भएकाले सोचविचार गरेर निर्णय गर्न आग्रह गरेका छन् । वर्तमानमा गरिने गलत निर्णयको असर भविष्य खोजिरहेका आउने पुस्ताले भोग्न नपरोस् भन्ने चेतावनीसमेत उनले दिएका छन् ।
उनले लेखेका छन्, ‘जनताले हो जनादेश दिने त्यसैले सोच बिचार गरेर निर्णय गर्नुहोला । वर्तमान का हामीले लिएको गलत निर्णयले भविष्य खोजिरहेका आउने पुस्ताले दुख नपाउन । ’
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) निकट मानिने बस्नेत केही दिनअघि मात्रै रास्वपा सभापति रवि लामिछाने र मेयर शाहबिच कमलपोखरीमा भएको भेटमा सहभागी थिए । बस्नेत वैकल्पिक शक्तिहरू एक हुनुपर्ने पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण