प्रतिनिधिसभा निर्वाचनः नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस
शुक्रबार, ११ पुस २०८२, १२ : ०२
रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रुपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवारका लागि पाँचजनाको नाम सिफारिस गरेको छ ।
नेकपाले प्रत्यक्षतर्फ आनन्दप्रसाद गुप्ता, फैज अहमद खान, राधेश्याम गुप्ता, कमला थापा र मधुसुदन गाहा मगरको नाम सिफारिस गरेको सो पार्टीका नेता तीरबहादुर रोका मगरले जानकारी दिए ।
त्यस्तै समानुपातिकतर्फ आठ जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा हकिकुल्ला खाँ, सोनिया यादव, जयबहादुर सुनार, आशाकुमारी चौधरी, डा ऋषिराम पाण्डे, धनबहादुर गुरुङ, डिल्लीराम भट्टराई र टीकाराम श्रेष्ठ रहेका छन् ।
विसं २०७९ मा सम्पन्न निर्वाचनमा रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण