शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
राजनीति

ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री

शुक्रबार, ११ पुस २०८२, १२ : १६
शुक्रबार, ११ पुस २०८२

सारांश

  • सञ्चारमन्त्री जगदीश खरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभयो।
  • भेटमा समसामयिक राजनीतिक अवस्था र निर्वाचनबारे छलफल भयो।
  • मन्त्री खरेलले शनिबारको वार्ताका लागि ओलीलाई निम्तो दिनुभयो।

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । 

भक्तपुरको गुण्डुस्थित निवास पुगेर खरेलले ओलीसँग भेट गरेका हुन् । भेटका क्रममा समसामयिक राजनीतिक अवस्थाका साथसाथै फागुन २१ गते तोकिएको निर्वाचनका सन्दर्भमा छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ । 

सो क्रममा सञ्चारमन्त्रीले ओलीलाई शनिबार तय भएको तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबिचको वार्ताका लागि निम्तापनि दिएको बताइएको छ । यसअघि आजै खरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेका थिए भने ओलीपछि प्रचण्डसँग भेटको कार्यक्रम रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप