आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय बाल नाटक महोत्सवका लागि स्क्रिप्ट आह्वान

शुक्रबार, ११ पुस २०८२, १७ : ४२
शुक्रबार, ११ पुस २०८२

काठमाडौँ । शैली थिएटरको आयोजना र ओजस थियटरको सहकार्यमा १७औँ  राष्ट्रिय बालनाटक महोत्सव हुने भएको छ । महोत्सवमा सहभागिताका लागि इच्छुक व्यक्ति, सङ्घ, संस्था, नाट्य समूह, विद्यालय लगायतलाई नाटकको स्क्रिप्ट दर्ताका लागि आह्वान गरिएको छ ।

महोत्सवका निर्देशक नवराज बुढाथोकीकाअनुसार नाटकको स्क्रिप्ट रूसी सदन कमलपोखरी र रातोपुलस्थित शैली थिएटर तथा ओजस थिएटरमा वा इमेलमार्फत यही पुस २० गतेसम्म बुझाइसक्नु पर्नेछ ।

शैली थिएटरका अनुसार महोत्सवका लागि छनोट भएका स्क्रिप्ट यही पुस २५ गते सार्वजनिक गरिनेछ । महोत्सव कमलपोखरीस्थित रुसी सदनमा सञ्चालन हुनेछ ।

नाटक ३० मिनेटदेखि बढीमा ७० मिनेटसम्मको हुनुपर्ने र मञ्चनमा पर्दा अगाडि र पर्दा पछाडि गरी बढीमा १५ जनासम्मको समूह सहभागी हुन पाइने जनाइएको छ । महोत्सवमा उत्कृष्ट नाटकलाई अवार्ड, प्रमाणपत्रसहित नगद पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप