शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

शनिबार बढ्यो अमेरिकी डलरको मूल्य

शनिबार, १२ पुस २०८२, ०५ : ३२
शनिबार, १२ पुस २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको मूल्य बढेको छ, खरिद दर १४३.४७ र बिक्री दर १४४.०७ रुपैयाँ कायम गरिएको छ।
  • अन्य देशका मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले तोकेको छ र यसलाई आवश्यकता अनुसार परिवर्तन गर्न सकिनेछ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । शुक्रबार खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा कायम रहेको अमेरिकी डलर एकको खरिददर शनिबार १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

शनिबार युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३९ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 143.47 144.07
EUR  (European Euro) 1 168.99 169.69
GBP  (UK Pound Sterling) 1 193.58 194.39
CHF  (Swiss Franc) 1 181.73 182.49
AUD  (Australian Dollar) 1 96.18 96.58
CAD  (Canadian Dollar) 1 104.87 105.31
SGD  (Singapore Dollar) 1 111.74 112.20
JPY  (Japanese Yen) 10 9.17 9.21
CNY  (Chinese Yuan) 1 20.48 20.56
SAR  (Saudi Arabian Riyal) 1 38.25 38.41
QAR  (Qatari Riyal) 1 39.35 39.52
THB  (Thai Baht) 1 4.62 4.64
AED  (UAE Dirham) 1 39.06 39.23
MYR  (Malaysian Ringgit) 1 35.44 35.59
KRW  (South Korean Won) 100 9.93 9.97
SEK  (Swedish Kroner) 1 15.64 15.70
DKK  (Danish Kroner) 1 22.62 22.72
HKD  (Hong Kong Dollar) 1 18.46 18.54
KWD  (Kuwaity Dinar) 1 466.96 468.92
BHD  (Bahrain Dinar) 1 380.36 381.95
OMR  (Omani Rial) 1 372.64 374.20

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप