नेकपाले गर्यो कैलाली–३ बाट ७ जनाको नाम सिफारिस
शनिबार, १२ पुस २०८२, १३ : ४५
सारांश
- नेकपाले कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारका लागि ७ जनाको नाम केन्द्रमा पठायो।
- जिल्ला कार्यदलले समावेशी हिसाबले उम्मेदवार छनोट गर्ने निर्णय गरेको छ।
- सिफारिसमा महिला र युवाको समेत नाम समावेश गरिएको छ।
धनगढी । आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्न इच्छुक ७ जना नेताहरूको नाम केन्द्रमा पठाएको छ।
जिल्ला कार्यदलका संयोजक कृष्णराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले उम्मेदवारका आकाङ्क्षीहरू मध्येबाट समावेशी हिसाबले नाम छनोट गर्ने निर्णय गरेको हो। सिफारिस सूचीमा प्रकाश मिश्र, वीरभान चौधरी, लाजुराम चौधरी, विपिन आचार्य र कमलप्रसाद चौधरीको नाम समावेश गरिएको छ।
त्यस्तै, कार्यदलले महिला तथा युवा सहभागितालाई सुनिश्चित गर्दै महिलातर्फ विनीता चौधरी र युवातर्फ वीरेन्द्र जिसीको नाम प्रस्ताव गरेको छ । सुवेदी नेतृत्वको कार्यदलले व्यापक छलफलपछि एक महिला र एक नवयुवासहित कुल ७ जनाको नामावली माथिल्लो कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको बुझिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण