मकवानपुरबाट गौतम, खतिवडा र विडारी सिफारिस
सारांश
- नेकपाले मकवानपुरमा आगामी निर्वाचनका लागि विजय गौतम, विरोध खतिवडा र रामनारायण विडारीको नाम सिफारिस गरेको छ।
- पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडा क्षेत्र नं १ बाट सिफारिस भएका छन्, उनी २०७९ को निर्वाचनमा पराजित भएका थिए।
- क्षेत्र नं २ मा ८ जना जनप्रतिनिधिसहित खतिवडा, विडारी र अन्यको नाम प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस गरियो।
हेटौँडा । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले विजय गौतमदेखि विरोध खतिवडा र रामनारायण विडारीको नाम सिफारिस गरेको छ । मकवानपुरमा दुई वटा निर्वाचन क्षेत्र छन् ।
तत्कालीन एकीकृत समाजवादीका नेता तथा पूर्वस्वास्थ्य मन्त्री विरोध खतिवडाले मकवानपुरबाट ४ पटक प्रतिनिधिसभा निर्वाचन जितिसकेका छन् । उनी यस पटक भने निर्वाचन क्षेत्र नम्बर १ बाट सिफारिस भएका छन् । खतिवडा गत २०७९ को निर्वाचनमा भने मकवानपुर–२ बाट पराजित भएका थिए । त्यस्तै उनीसँगै क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ गौतमको नाम पनि सिफारिस भएको छ ।
शनिबार सम्पन्न नेकपाको जिल्ला कमिटी बैठकले उनीहरूलाई सिफारिस गरेको हो ।
यता नेकपा मकवानपुरका इञ्चार्जसमेत रहेका गौतम पहिलो पटक चुनावी माहोलमा होमिने तयारीमा छन् । क्षेत्रीय समितिको बैठकले भने मकवानपुर–१ बाट बहालवाला जनप्रतिनिधिसहित १३ जनाको नाम सिफारिस गरेको छ ।
बैठकले प्रत्यक्षतर्फ घनप्रसाद गौतम, प्रल्हाद लामिछाने, भीम पाख्रिन, सोमबहादुर थिङ, किशोर टण्डन, शुभरत्न गोले, सूर्यकला तिमल्सिना, वीरबहादुर थिङलाई सिफारिस गरेको थियो । प्रदेससभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान र जिल्ला समन्वय प्रमुख ललित घलानसमेत सो क्षेत्रबाट सिफारिसमा परेका छन् ।
त्यस्तै क्षेत्र नम्बर–२ मा वहालवाला ८ जना जनप्रतिनिधिसहित नाम प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारका लागि सिफारिस भएको छ । मकवानपुर–२ मा खतिवडा, रामनारायण विडारी, वीरबहादुर घलान, लवशेर विष्ट, सागर उप्रेती, किशोर बर्तौलाको नाम सिफारिस गरिएको छ । बैठकले बहालवाला प्रदेश सभा सदस्य कुमारी मोक्तान, राक्सिराङ गाउँपालिका उपाध्यक्ष वनस्थम थिङको पनि नाम सिफारिस गरेको छ ।
समानुपातिकतर्फ भने मुनु सिग्देल, प्रमिला लामा पुलामी, लक्ष्मी पाख्रिन, राममाया पाख्रिन, अप्सरा लोप्चन, गोकुल बैजु, कल्पना विश्वकर्मा, विज्ञान स्याङ्तान, कृष्ण चेपाङ, रामेशकुमार राई दनुवार, रामचन्द्र बल, जीवन लामा, सन्तोष कुमार तामाङ, बालकृष्ण चौलागाई, रामहरि सुवेदी, कृष्णप्रसाद चौलागाई र कृष्ण घिमिरे नाम सिफारिस गरिएको छ ।
राष्ट्रियसभाको निर्वाचनको लागि तारानाथ खतिवडा, विष्णुमाया लामा र दिल बहादुर स्याङ्वोको नाम सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण