अपडेट
रवि, बालेन र कुलमानबिच छलफल
शनिबार, १२ पुस २०८२, २१ : ४०
१
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, मेयर बालेन शाह र उर्जामन्त्री कुलमान घिसिङबीच एकता प्रक्रियाबारे छलफल भयो।
- काठमाडौंमा सहमति गर्ने तयारीका साथ तीन नेताबीच पहिलो पटक छलफल भएको हो।
- बालेनको नेतृत्वको समूहले आधिकारिक धारणा आउने बताएको छ, वार्तास्थल खुलाइएको छैन।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक उर्जामन्त्री कुलमान घिसिङबिच एकता प्रक्रियाका विषयमा छलफल भएको छ । एकताबारे छलफल गर्न पहिलो पटक तीन नेता एकै ठाउँमा जुटेका हुन् ।
आज नै सहमति गर्ने तयारीसहित काठमाडौँमा छलफल भइरहेको कुलमान निकट स्रोतले जानकारी दिएको छ। साँझ ६ बजेदेखि बालेन र कुलमान वार्तामा थिए भने केही समयपछि रवि पनि पुगेको स्रोतले जनाएको छ।
वार्तास्थल भने खुलाइएको छैन । यद्यपि, बालेन नेतृत्वको समूहले भने अब आधिकारिक धारणा आउने भएकोले अहिले आफूहरुले केही भन्न नसक्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण