अल नसरको लगातार १० औँ जितमा चम्किए रोनाल्डो
सारांश
- क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले अल नसरले साउदी प्रो लिगमा अल अखदौदलाई ३-० ले पराजित गर्यो।
- रोनाल्डोले खेलमा दुई गोल गरे, जसले अल नसरलाई लगातार १० औं जित दिलायो र शीर्ष स्थानमा अग्रता कायम गर्यो।
- रोनाल्डोको करियर गोल संख्या ९५६ पुग्यो, उनी अब १ हजार गोलको ऐतिहासिक माइलस्टोनबाट ४४ गोल टाढा छन्।
रियाद । पोर्चुगिज फुटबल लेजेन्ड क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शनको मद्दतले साउदी प्रो लिगमा अल नसरले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। शनिबार राति भएको खेलमा अल अखदौदलाई ३-० गोल अन्तरले पराजित गर्दै अल नसरले लिगमा लगातार १० औँ जितको कीर्तिमान रचेको हो।
यस जितसँगै १० खेलबाट ३० अङ्क जोडेको अल नसरले शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाउँदै दोस्रो स्थानको अल हिलालसँग चार अङ्कको स्पष्ट अग्रता कायम गरेको छ।
करिब ४१ वर्षको उमेरमा पनि मैदानमा युवा जोसका साथ उत्रिएका रोनाल्डोले खेलमा दुई उत्कृष्ट गोल गरे। खेलको ३१ औँ मिनेटमा जोआओ फेलिक्सको कर्नरमा रिवाउन्ड बललाई सदुपयोग गर्दै रोनाल्डोले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
दोस्रो हाफमा मार्सेलो ब्रोजोभिचको सटिक पासलाई सदुपयोग गर्दै रोनाल्डोले व्यक्तिगत दोस्रो गोल थपे। खेलको ६६ औँ मिनेटमा उनले ह्याट्रिक पूरा गर्ने अवसर पाए पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले त्यसलाई अफसाइड घोषित गरिदिएको थियो।
खेलको अन्त्यतिर जोआओ फेलिक्सले तेस्रो गोल थपेपछि अल नसरले सहज जित पक्का गर्यो। यो दुई गोलसँगै रोनाल्डोको करियरको कुल गोल सङ्ख्या ९५६ पुगेको छ। सन् २०२५ मा मात्रै ४० गोल गरिसकेका रोनाल्डो अब फुटबल इतिहासको अभूतपूर्व कोशेढुङ्गा १ हजार गोल पुरा गर्नबाट मात्र ४४ गोल टाढा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण