बिहानयता हर्क साम्पाङको फेसबुकमा ३१ पोस्ट, रवि र बालेनको विरोध
सारांश
- धरानका मेयर हर्क साम्पाङले बालेन र रवि लामिछानेबीचको सहमतिको विरोध गर्दै फेसबुकमा ३१ वटा पोस्ट गरे।
- मेयर बालेन र रवि लामिछानेबीच भएको सहमतिप्रति साम्पाङले आपत्ति जनाउँदै व्यंग्य गरेका छन्।
- साम्पाङले उक्त सहमतिलाई लिएर सामाजिक सञ्जालमा निरन्तर विरोध जनाएका छन्।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ राईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आज बिहानबाट सवा ११ बजेसम्म ३१ बढी पोस्ट गरेका छन् ।
आज बिहान साढे ३ बजे काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिच भएको सहमतिको विरुद्ध उनले निरन्तर फेसबुक मार्फत विरोध गरिरहेका छन् ।
रवि पार्टी सभापति रहने र शाह आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने सहमति बाहिर आएपछि साम्पाङले खिसीटिउरी गर्दै भनेका छन्, ‘हाहा... जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ ! फटाहाहरू‘ सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे !’
उनले लाइभ, स्ट्याटस र अन्य प्रयोगकर्ताहरूले बालेन र रवि विरुद्ध राखेको सामाग्रीहरू समेत शेयर गर्दै निरन्तर विरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण