‘जेनजी आन्दोलनलाई रास्वपा र बालेन शाहले सत्ता स्वार्थको लागि हाइज्याक गर्न खोजे’
काठमाडाैँ। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पवित्र उद्देश्यले गत भदौमा भएको जेनजी आन्दोलनलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र काठमाडौ महानगरपालिकाका मेयर शाहले सत्ता स्वार्थको लागि हाईज्याक गर्न खोजेको बताएका छन् ।
उनले जेनजी अगुवाहरुलाई यस विषयमा सजक रहन पनि आग्रह गरे । रास्वपा र मेयर शाहबिच भएको एकतालाई अन्यथा लिन नहुने समेत उनले बताए ।
उनले एजेण्डा मिल्दा एकीकरण हुने र नमिल्दा छुट्टिने कुरालाई समान्य रुपमा लिनुपर्ने बताएका हुन् । लोकतान्त्रिक प्रक्रियामा राजनीतिक दलहरु मिल्ने र विभाजन हुने कुरालाई अनौठो मान्न नहुने उनको भनाई छ ।
उनले आगामी निर्वाचनलाई लक्षित गरेर रास्वपा र प्रमुख शाहले पनि एकताको घोषणा गरेको उल्लेख गरे । उनले नेपालको लोकतान्त्रिक प्रक्रियालाई पारदर्शी र स्वच्छ बनाउन, खण्डित भएको संवैधानिक प्रक्रियालाई सही बाटोमा ल्याउन र स्थायी शान्तिमार्फत दिगो विकासको योजनालाई अगाडि बढाउन राजनीतिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्नेमा जोड दिए ।
त्यसको लागि नेकपा एमाले तयार रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण