अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता : नेपाली खेलाडीहरूकाे शानदार प्रदर्शन
काठमाडौँ । भारतको कोलकातामा आयोजना भएको ९औँ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२५ मा नेपालको तर्फबाट सहभागी खेलाडीहरूले प्रतियोगितामा शानदार प्रदर्शन गर्दै उल्लेखनीय सफलता हासिल गरेका छन् ।
धर्मस्थली तेक्वान्दो डोजाङ्गका प्रमुख सानुबाबु महर्जनको नेतृत्वमा टिम नेपालबाट जम्मा १५ जना खेलाडी सहित टिम प्रशिक्षक कुमार लवट र टिम संयोजक रुपा महर्जन,मालती श्रेष्ठ र सुलभ प्र.श्रेष्ठको सहभागी रहेको थियो ।
प्रतियोगितामा नेपाल देश सहित अन्य मुलुक गरी कुल ६९० जना खेलाडीको सहभागी थियो। प्रतियोगितामा टिम नेपालले ५ स्वर्ण, ५ रजत र २ कास्य पदक सहित कुल १२ वटा पदक जित्न सफल भएको छ। यस ऐतिहासिक उपलब्धिमा धर्मस्थली तेक्वान्दो डोजाङ्ग, मुख्य तेक्वान्दो डोजाङ्गका खेलाडीहरूको महत्त्वपूर्ण योगदान रहेको छ ।
उक्त प्रतियोगितामा सहभागी खेलाडी मध्य सबै भन्दा सानो उमेरको खेलाडी टिम नेपालबाट रहेको प्रतियोगिता संयोजकले बताउनु भएको छ ।
प्रतियोगिताका सानो उमेरका खेलाडी मुख्य तेक्वान्दो डोजाङ्गका खेलाडी सर्भिका श्रेष्ठ रहेको उनको उमेर मात्र ४वर्षकी रहेको र मुख्य तेक्वान्दो डोजाङ्गको प्रथम सानो उमेरको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न र पदक ल्याउन सफल खेलाडी हुन। १६ जना खेलाडीहरूले टिम नेपालबाट सहभागी गरेका थिए भने ११जनाले नै विभिन्न पदक हासिल गरेका छन् ।
धर्मस्थली तेक्वान्दो डोजाङ्गका खेलाडीहरू
१) शिव दर्लामि मगर पुम्से प्रथम र गेरोगि प्रथम
२) सैलेन्द्र ठकुरी पुम्से प्रथम
३)ईर्भिन महर्जन पुम्से दोस्रो
४)ओशिन थापा मगर गेरोगि दोस्रो
५) अनिसा तामाङ् . गेरोगि दोस्रो
६) ग्रिस्मा ढकाल गेरोगि दोस्रो
७) सुजता तामाङ गेरोगि तेस्रो
८) प्रितम महर्जन गेरोगि सहभागिता
९)आरभ घले गुरुङ्ग गेरोगि सहभागिता
१०) स्पर्स जग हुमीगाई गेरोगि सहभागिता
११) सुदिप पन्ट गेरोगि सहभागिता
मुख्य तेक्वान्दो दोजाङ्गका खेलाडीहरू
१.बलार्का प्र. श्रेष्ठ पुम्से प्रथम
२.सर्भिका श्रेष्ठ केरुगी दोस्रो
३.तपेन्द्र नेपाली केरुगी तेस्रो
४.श्रेया राई स्पीड किक तेस्रो
धर्मस्थली तेक्वान्दो डोजाङ्ग्का प्रमुख श्री सानु बाबु महर्जनले टिम नेपालको तर्फबाट प्रशिक्षकको भूमिका निभाइ खेलाडीलाई हौसलाका साथ पदक दिलाउन पाउँदा निकै खुसी रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उम्मेदवारी फिर्ता र समर्थनप्रति गणेश कार्कीको असन्तुष्टि- ‘यसले सभापतिको भनाइलाई नै खिल्ली उडायो’
-
अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध छ : रुबियो
-
निर्माण इजाजतपत्र अब अनलाइनबाटै नवीकरण हुनेः साउन १ देखि नयाँ व्यवस्था लागू
-
‘हन्टर’ असोज ९ गतेदेखि प्रदर्शन हुने
-
ललितपुर महानगरपालिकाद्वारा एक दिने सीप तथा रोजगार मेला आयोजना
-
मधेसको जनादेश र रास्वपाको दस्तावेज मेल खाएन : सुदन किराती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण