एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड यसै महिनमा
काठमाडौँ । जेनजी आन्दोलनका कारण स्थगित भएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औं संस्करण यसै महिना पोखरामा आयोजना हुने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा आज आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष नीरञ्जन अधिकारीले गत भदौ २९ गते हुने भनिएको अवार्ड कार्यक्रम यही पुस २३ गते आयोजना हुन लागेको जानकारी दिए ।
आजदेखि पिपल्स च्वाइसको रोकिएको डिजिटल भोटिङ प्रक्रिया पनि खुला गरिएको सो अवसरमा जानकारी दिइयो । मञ्चका महासचिव अञ्जन खड्काले भने , “विगतमा पिपल्स च्वाइसको मनोनयन रहेका खेलाडीले जति भोट प्राप्त गरेका थिए । त्यहींबाट भोटिङ प्रकृया सुरु हुनेछ ।” उक्त विधामा उसुका विजय सिन्जाली, क्रिकेटकी पूजा महतो, भलिबलका हिमाल सुनारी, फुटबलकी रेखा पौडेल र टेबलटेनिसकी इभाना थापा रहेका छन् ।
त्यसैगरी स्पोट्र्स अवार्ड पोखरास्थित पोखरा सभागृहमा हुनेछ । त्यसको अघिल्लो दिन पुस २२ गते पोखरामा एनएसजेएफ स्पोर्ट्स समिट पनि हुने आयोजकले जनाएको छ । मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले अवार्डलाई चलायनमान बनाउन स्पोट्र्स समिट हुने र त्यसमा पोखराको पर्यटन र खेलकुद अर्थतन्त्रबारे बहस हुने बताए ।
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ मा विभिन्न १० विधामा अवार्ड प्रदान गरिने छ । त्यसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयर रहेको छ ।
वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई जनही रु एक लाख प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण