१७ दिनअघि प्रहरीबाट राजीनामा दिएका सई मृत फेला
आइतबार, १३ पुस २०८२, १८ : २७
काठमाडौँ । भक्तपुरको थिमी नगरपालिका–९ स्थित निलबाराही जङ्गलमा प्रहरीबाट राजीनामा गरेका प्रहरी नायव निरीक्षक (सई) मृत भेटिएका छन् ।
राजीनामा बुझाएका सई दशरथ खड्काको शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुले रातोपाटीलाई बताए ।
रुखमा झुण्डिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनले १७ दिनअघिमात्रै राजीनामा दिएका थिए ।
प्रहरी प्रभाग साँखुमा कार्यरत ४५ वर्षीय खड्काले मंसिर २६ मा राजीनामा बुझाएको थाहा भएको छ ।
सई खड्का भक्तपुरको चाँगुनारायण नगरपालिका–१ स्थित सरस्वती खेलका स्थानीय हुन् । उनको शव पोस्टमार्टम गर्न दुवाकोट स्थित काठमाडौँ मेडिकल कलेजमा पठाइएको छ । घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
शीर्षकमा १७ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण