प्रमाणसहित आयोगमा उपस्थित भए सुदन गुरुङ, भने, 'सत्य कहिल्यै डराउँदैन'
आइतबार, १३ पुस २०८२, १८ : ५५
काठमाडौँ । हामी नेपाल संस्थाका संस्थापक सुदन गुरुङले सत्य कहिल्यै नडराउने बताएका छन् । आइतबार छानबिन आयोगमा उपस्थित भएका उनले यस्तो बताएका हुन् ।
आफूहरूमाथि लगाइएको आरोपको सत्य तथ्य प्रमाणसहित स्पष्ट पार्ने प्रक्रियामा स्वयं अगाडि बढेको उनले बताए ।
'हामी नेपालसँग आबद्ध भएका आर्थिक कारोबार सम्बन्धी हाल सम्मका सम्पूर्ण कागजातसहित छानबिन आयोगमा उपस्थित भएको छु। हामी माथि लगाइएको आरोपको सत्य तथ्य प्रमाण सहित स्पष्ट पार्ने प्रक्रियामा स्वयं अगाडि बढेको छु ।सत्य कहिल्यै डराउँदैन। छानबिन मार्फत सत्य उजागर हुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु,'उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
उनले आरोप नभई प्रमाण बोल्नुपर्नेमा जोड दिँदै आफूले प्रमाण प्रस्तुत गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण