पाँच दलले पेस गरे समानुपातिकको बन्दसूची
सारांश
- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ पाँच दलले बन्दसूची बुझाएका छन्।
- निर्वाचन आयोगले सोमबार साँझ चार बजेसम्म बन्दसूची बुझाउन टोकन लिन दलहरूलाई आग्रह गरेको छ।
- आइतबार नेपाल मजदुर किसान पार्टी लगायत तीन दलले बन्दसूची बुझाएका थिए।
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ अन्तिम दिन (साढे १२ बजेसम्म) पाँच दलले मात्र बन्दसूची बुझाएका छन् । अन्य दलहरू पनि बन्दसूची बुझाउन आयोग जाने तयारीमा छन् । आयोगले तोकेअनुसार समानुपातिकतर्फको बन्दसूची बुझाउन सोमबार अन्तिम दिन हो । बन्दसूची बुझाउने दलहरूलाई आयोगले सोमबार साँझ चार बजेसम्म टोकन लिइसक्न भनेको छ ।
पहिलो दिन आइतबार तीनवटा दलले मात्र आयोगमा बन्दसूची पेस गरेका थिए । पहिलो दिन नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र राष्ट्रिय जनमोर्चाले बन्दसूची पेस गरेका थिए ।
त्यस्तै, अन्तिम दिन सोमबार जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)ले बन्दसूची पेस गरेको निर्वाचन आयोगले जनाएको छ । प्रमुख लगायत अन्य दलहरू बन्दसूची बुझाउन अपराह्नसम्म आयोग पुग्ने तयारीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण