गायिका त्रिशला र निर्माता नकिम समानुपातिक उम्मेदवार सिफारिस
सोमबार, १४ पुस २०८२, १३ : २४
सारांश
- गायिका त्रिशला गुरुङलाई उज्यालो नेपाल पार्टीले समानुपातिक उम्मेदवार सिफारिस गरेको छ।
- उनी चिकित्सक र चर्चित गायिका हुन्, जसलाई स्वास्थ्य क्षेत्र सुधारका लागि सिफारिस गरिएको हो।
- फिल्म निर्माता नकिम उद्दिनलाई पनि उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
काठमाडौँ । गायिका त्रिशला गुरुङ समानुपातिक उम्मेदवार सिफारिस भएकी छन् । उनलाई उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गत उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।
चिकित्सक समेत रहेकी गुरुङ चर्चित गायिका पनि हुन् । उक्त पार्टीले स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेसागत दक्षताका आधारमा समानुपातिक उम्मेदवारको सूचीमा अघि सारेको हो ।
त्यस्तै, फिल्म निर्माता, प्रदर्शक तथा क्यू एफएक्स सिनेमाजका प्रमुख नकिम उद्दिनलाई पनि उज्यालो नेपाल पार्टीले समानुपातिक उम्मेदवारको रूपमा सिफारिस गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण