आयोगमा रमेश लेखकले भने– जेनजी आन्दोलनमा पिताजीले बनाएको घर खरानी भयो, आमाको निधन भयो
काठमाडौँ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष सोमबार पूर्वगृहमन्त्री रमेश लेखकले लिखित धारणा पेस गरेका छन् ।
लिखित धारणा पेस गर्ने क्रममा उनले आन्दोलनका क्रममा भएको आगजनीमा आफ्नो पिताले बनाएको घर खरानी भएको र सोही घटनासँग सम्बन्धित रहेर आफ्नी आमाको निधन भएको बताएका छन् ।
आयोगलाई बुझाएको लिखित जवाफमा लेखकले महेन्द्रनगर र काठमाडौँका घरहरूमा आगजनी हुँदा आफूलाई ‘खुकुरीको मार अचानोलाई मात्र थाहा हुन्छ’ भनेजस्तै पीडा भएको उल्लेख गरेका छन्।
उनले बयानमा भनेका छन्, ’खासमा ती घर मैले आफैँ बनाएको पनि होइन। महेन्द्रनगरका दुवै घर पिताजीले बनाउनु भएको हो भने काठमाडौँको घर पनि पैतृक सम्पत्ति समेतको आर्जनबाट बनाइएको हो। पिता पुर्खाको सम्पत्ति खरानी बनाइदिँदाको पीडा खुकुरीको मार अचानोलाई मात्र थाहा हुन्छ भने जस्तै भएको छ।’
लेखकले आगजनीको घटनाभन्दा पनि आफ्नी आमा गुमाउनु परेको पीडा गहिरो भएको बताएका छन्। भदौ २४ गतेको घटनामा प्रदर्शनकारीको आक्रमणबाट जोगाउन सिकिस्त बिरामी आमालाई अक्सिजन विना नै सार्नुपरेको उनले उल्लेख गरेका छन्।
उनले भनेका छन्, ’मेरी वृद्ध र अक्सिजन लिइरहनुपर्ने सिकिस्त बिरामी आमालाई लामो समय अक्सिजन बिना नै राखी अस्पताल पुर्याउनु परेको कारणले केही दिनपछि दिवङ्गत हुनु भयो।’
लेखकले आगजनीमा आफ्नो घरसँगै १० वर्षे सशस्त्र द्वन्द्वपछिको शान्ति वार्ता, अन्तरिम संविधान र वर्तमान संविधान निर्माणका क्रममा सङ्कलन गरेका ऐतिहासिक टिपोट र दस्ताबेजहरू जलेर नष्ट भएको बताएका छन्।
आगजनीमा करिब पाँच हजार पुस्तक र महत्त्वपूर्ण कागजात खरानी भएको उनले जानकारी दिए। ’तैपनि सिङ्गो देश नै खरानी बनाइएका बेला मेरो व्यक्तिगत पीडालाई गौण ठानेको छु,’ उनले उल्लेख गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण